बैद्य माओवादीलाई संविधान निर्माणमा संलग्न गराउन एकीकृत माओवादीको माग


काठमाडौं, भदौं १६-

एकीकृत नेकपा माओवादीले बैद्य माओवादीलाई पनि संविधान निर्माण प्रक्रियामा संलग्न गराउनु पर्ने भन्दै उसको माग अनुसार सर्वपक्षीय सम्मेलन गर्नु पर्ने बताएको छ । बैद्य माओवादीलाई सहमतिमा नल्याइ संविधानका अन्तरवस्तुहरुमा निर्णय भए अस्वीकार गर्ने माओवादीको निर्णय छ ।

एमाओवादीको बैचारिक व्यवस्थापन समितिको सोमबार बसेको बैठकले राज्य पुनःसंरचना गर्दा १० प्रदेश बनाउनु पर्ने बताएको छ ।नेकपा माओवादीले राखेको सर्वपक्षीय राजनीतिक सभा उचित भएको ठहर गर्दै  बैठकले उसलाई नल्याई संविधान निमार्ण प्रक्रियामा जान नहुने निष्कर्ष निकालेको छ । शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीलाई बटमलाइन बनाउने निर्णय बैठकले गरेको छ ।एमाओवादीले शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनु पर्ने र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली उपयुक्त हुनु पर्ने बताएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच कार्यकारी अधिकार बाँडफाँड गर्ने यसअघि भएको सहमतिलाई भने माओवादीले अस्वीकार गर्ने निर्णय गरेको छ ।