बार्सिलोनाको कठिन जित,रियलले लज्जास्पद हार सँगै मेक्सिकन फरवार्ड हरनान्डेज भित्रायो


बार्सिलोना

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्लारियल बिरुद्द कठिन जित हात पारेको छ ।  आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई १–० गोल अन्तरले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ ।
बार्सिलोनाका लागि ८२ औं मिनेटमा बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका १८ वर्षीय सान्ड्रो रामिरेजले निर्णायक गोल गरेका थिए ।
आफ्नो घरेलु मैदानमा भएको खेलमा भिल्लारियलले पनि केही राम्रा अबसर खेर फालेको थियो ।

10603358_10152824363639305_8516458998036706797_n

रियल मड्रिडले सिजनको स्पेनिस ला लिगा फुटबलमा लज्जास्पद हार व्यहोरेको छ । खेलको ११ औ मिनेटमा नै २ गोलले अग्रता लिएको रियलले आफु खेलमा सम्हालिन नसक्दा उल्टो ४ गोल खादै अप्रत्याशित हार ब्योहोरेको छ।
आइतबार राति भएको खेलमा २ गोलले पछि परेको अवस्थामा उत्कृष्ट कमव्याक गर्दै रियल सोसिडाडले युरोपियन च्याम्पियन रियल मड्रिडलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।
रियल मड्रिडले पाँचौ मिनेटमा सर्जिओ रामोस ,११ औं मिनेटमा ग्यारेथ बेलले अग्रता दोब्बर पारेका थिए । तर, पहिलो हाफको अन्त्यतिर घरेलु टोली खेलमा फर्कियो । ३५ औं मिनेटमा मार्टिनेजले गोल गरे भने ४१ औं जुरुटुजाले बराबरी गोल गरे ।
दोस्रो हाफको ६५ औं मिनेटमा जुरुटुजाले व्यक्तिगत दोस्रो गोल गरे । ७५ औं मिनेटमा भेलाले गोल गरेपछि रियल सोसिडाड ४–२ गोल अन्तरले विजयी भयो । फिफा बर्ष खेलाडी एबम हालै युरोपका उत्कृस्ट खेलाडी घोषित बनेका क्रिस्टियानो रोनाल्डो भने चोटका कारण खेल्न सकेनन्। हालै सम्पन्न बिश्व कपमा गरेको खराब प्रदशन र लामो समय देखि चोटमा बल्झीएका रोनाल्डोको भविष्य बारे पनि खेल बिस्लेस्कहरु टिप्पणी गर्न थालिसकेका छन्। लिगामा यो सिजनको लागि लगातार दुई जित गर्ने एक मात्र क्लब बार्सिलोना बनेको छ जो ६ अंकका साथ शिर्ष स्थानमा छ।

Real-Sociedad-vs-Real-Madrid
यसै बीच रियल मड्रिडले मेक्सिकन फरवार्ड खेलाडी हरनान्डेजलाई म्यान्चेस्टर युनाइटेट बाट एक बर्षे लोनमा भित्राएको छ।
ब्रिटिस मिडियामा अनुसार उनलाई रियलले १८ मिलियन युरो खर्च गरेको छ। २६ बर्षिय हरनान्डेजले आफ्नो देशको लागि ६६ उपस्थितिमा ३६ गोल गरिसकेका छन् भने सन् २०१० मा अनुबन्धित पछि युनाइटेटको लागि भने उनले ३७ गोल गरेका छन्। सेक्टेम्बर १ तारिक उनको मड्रिडमा मेडिकल टेस्ट भए पछि रियलले सामाजिक संजालबाट अनुबन्धन गरेको घोषणा गरेको हो।

10534561_10150671743549953_3725189711370322592_n