निया भइन् मिस यूके नेपाल


नवीन पोखरेल

लन्डन , भाद्र १६ – अन्य दश प्रतिष्पर्धीलाई उछिन्दै मिस यूके नेपाल २०१४ को ताजप्रतियोगी नम्बर १० की निया देवानले जितेकी छिन् । बेलायतको अल्डरसटस्थित पि्रन्सेस् हलमा आइतबार राति आयोजित चौंथो मिस यूके नेपालग्रान्ड फिनालेमा आसफोर्ड केन्टकी २० वर्षीया देवानले उक्त ताजसहित आठसय पाउण्ड जितेकी हुन् । प्रतियोगितामा इष्टवर्नकी २१ वर्षीया सुमी श्रेष्ठ फष्ट रनरअप र उल्भरह् याम्पटन निवासी २० वर्षीया आर्या शर्मा सेकेन्ड रनरअप भए । २२ वर्षीया रोजी अर्यालले मिस फोटोजेनिक उपाधि जितिन् ।

इभेण्ट एण्ड आइडियाज्ले गरेको उक्त प्रतियोगितामा आर्या, निया, सुमी, सुस्मिता थापा र जेनी गुरुङ टप फाइभमा पर्न सफल भएका थिए ।

मिस यूके नेपाल २०१४ मा आर्या, नर्थहोल्ट लन्डनकी २२ वर्षीया निता तामाङ, रेडिङ बस्ने सपना श्रेष्ठ (२२), रोजी, फार्नवोरोकी १७ वर्षीया यमुना नेम्वाङ लिम्बु, वेम्ली लन्डन बस्ने जेनी गुरुङ (२१), हेजकी पोसकुमारी गाह (२१), निया देवान, सुमी श्रेष्ठ, २३ वर्षीया सुस्मिता थापा र त्यही उमेरकी नतासा लिम्बु भिडेका थिए । यसपटक कोरियोग्राफी नायिका एवं मोडल सबि्रना श्रेष्ठले गरेकी थिइन् ।

10426094_905382739490369_631001008603989036_nतस्बिर :- रञ्‍जित बस्नेत

बेलायतका लागि नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा इभेण्ट एण्ड आइडियाज्की संस्थापक एवं निर्देशक शान्ति गुरुङलेविजयी सबैलाई शुभकामना एवं सहयोगीप्रति आभार व्यक्त गरिन् । कार्यक्रममा धर्मेन्द्र सेवानले गायन र स्थानीय कलाकारले नृत्य प्रस्तुत गरेका थिए । कलाकारले दिवंगत नायक श्रीकृष्ण श्रेष्ठको गीतमा समेत नृत्य देखाए ।

सन् २०१० देखि शुरु भएको मिस यूके नेपालको पहिलो उपाधि नवीना गुरुङले जितेकी थिइन् । त्यसपछि गौमाया गुरुङ (२०११) र दुर्गा गुरुङ (२०१२) मिस यूके नेपाल बन्ने भाग्यमानी थिए । गत वर्ष भने पर्याप्त प्रतियोगी नहुंदा प्रतियोगिता स्थगित गरिएको थियो । – ekantipur