कोरोना महामारीयताकै बार्सिलोना प्रदर्शन हुने पहिलो नेपाली चलचित्र 


बार्सिलोना। सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको ‘कबड्डी ४’ स्पेनको बार्सिलोनामा पनि प्रदर्शन हुने भएको छ। बार्सिलोनाको जिरोना सिनेमा हलमा जुन २० सोमबार  प्रदर्शन  हुने भएको हो।  कोरोना महामारीयताकै बार्सिलोनामा  प्रदर्शन हुने  ‘कबड्डी ४’ नै पहिलो फिल्म बनेको छ। 

लामो समयपछि नेपाली चलचित्र हेर्न पाउने हुँदा स्पेनका नेपालीहरु निकै उत्साहित बनेको चलचित्र प्रदर्शनीको राईट लिएको नेपालोना ईभेन्टले जनाएको छ। धेरै लामो समयपछि चलचित्र प्रदर्शन हुने साथमा कीर्तिमानी चलचित्र भएकाले पनि हाउसफुल हुने प्रक्षेपण नेपालोनाले गरेको छ। 

तीन करोडको लगानी रहेको फिल्मले तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । फिल्मले ओभरसिजबाट पनि राम्रो कमाई गर्न सफल भएको छ। डायस्पोरामा राम्रो शो पाएको चलचित्र युरोपका मात्रै २० देशमा  नेपाली दर्शकहरुमाँझ पुग्ने अनुमान छ। 

  • निर्माण कम्पनी : बाँसुरी फिल्म्स
  • निर्देशक : रामबाबु गुरुङ
  • कलाकार : दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल
  • छायांकन : शैलेन्द्र डी कार्की
  • सम्पादक : निमेष श्रेष्ठ
  • संगीत : कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्मा
  • लम्बाइ : २ घण्टा १७ मिनेट