बार्सिलोनामा बुद्ध जयन्ती कप फुटबल प्रतियोगिता हुँदै 


बार्सिलोना। तमु समाज बार्सिलोनाको आयोजनामा ‘बुद्ध जयन्ती कप सेभेन एसाईड फुटबल प्रतियोगिता’ हुने भएको छ। ‘शान्तिका लागी खेलकुद’ भन्ने मूलमत्र सहित मे २२ तारिख बार्सिलोनामा प्रतियोगिता हुन लागेको हो। बुद्ध जयन्तीको अवसरमा आयोजना हुने प्रतियोगितामा स्पेन बाहिर पोर्चुगलदेखि पनि टीम सहभागि बन्ने आयोजकले जनाएको छ। 

प्रतियोगिताको बिजेतालाई ७०१ युरो र उपविजेतालाई ४०१ युरो नगदसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने समाजका युवा तथा खेलकुद संयोजक समिर गुरुङले बताए। उनका अनुसार  प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने छ। 

समाजका अध्यक्ष गौतम गुरुङले स्पेनकै बार्सिलोना सहर बाहिरदेखि २ वटा समूह,पोर्चुगलबाट एउटा समूह साथै स्थानीय गरी ९ वटा समुहले भाग लिने अपेक्षा आँफूहरुले राखेको बताए। उनले भने, ‘बाहिरबाट सहभागी हुने समूहलाई एक रात खाना र बस्नको व्यवस्था पनि आयोजकले नै गर्नेछ।’ 

तमु समाज बार्सिलोनाका टिम म्यानेजर काजीमान गुरुङका अनुसार प्रतियोगितामा सहभागी बन्नका लागि  दर्ता शुल्क १५० युरो तोकिएको छ। 

कार्यक्रममा नेपाली सेलरोटी, मःम  सहित खानाको स्टल राखिने आयोजकले जनाएको छ।मैदान वरपर  नेपाल झल्काउने प्रदर्शनी तथा मौलिक नृत्यहरू समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।

खेलसम्बन्धि जानकारी तथा नियमहरु :