फुटबलको सहर बार्सिलोनामा नेपालीहरु भलिबलमा भिड्दै 


बार्सिलोना। फुटवलको सहर बार्सिलोनामा नेपालीहरु भलिबलमा भिड्ने भएका छन्। बाग्लुङ समाज स्पेनको आयोजनामा मंगलबार बार्सिलोनामा हुने खुल्ला भलिबल प्रतियोगितामा विभिन्न संघसंस्थाका टोलिहरु एक आपसमा भिड्ने भएका हुन्। 

प्रतियोगिताको बिजेताले ७०१ युरो र उपबिजेताले ४०१ युरो नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ। चैते दशैको उपलक्ष्यमा भलिवल प्रतियोगिताको आयोजना गर्न लागेको समाजका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक हिरालाल सापकोटा डायमण्डले नेपालीनेपालीडटकमलाई जानकारी दिए। 

‘अहिलेसम्म ७ वटा टिमले भाग लिने जानकारी प्राप्त भएको छ।अझै पनि समूह निर्माण गरेर दर्ता गर्न सकिने सूचना यहाँ मार्फत दिन चाहन्छु।’ सापकोटाले भने 

समूह दर्ताका लागि १५० युरो शुल्क लाग्ने आयोजकले जनाएको छ। 

कार्यक्रमबारे विवरण :

मिति:अप्रिल १२, २०२२  मंगलबार 

स्थान :  club juventut lesCort , C/Numancia 142

दर्ता शुल्क :१५० युरो