आर्थिक संकटमा एनआरएनएले सहयोग गर्ने


लण्डन । देशमा आर्थिक संकट बढ्न थाले पछि गैरआवासीय नेपाली संघले विदेशमा थुप्रिएर रहेको पैसा नेपाल पठाउन पहल गर्ने भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यका अनुसार संघले विदेशमा रहेका नेपालीहरुलाई तत्काल नेपालमा खाता खोली पैसा पठाउन प्रोत्साहन गर्ने भएको छ ।

संघले गैरआवासीय नेपालीहरुलाई नेपालमै डलर एकाउन्ट खोल्न नेपाल सरकारले उपलब्ध गराएको सुविधाहरुबारे जानकारी दिन यही बुधबार १३ एप्रिल (नेपालको समय अनुसार बेलुका ५ बजे) गैरआवासीय नेपाली संघले एक वृहत् कार्यक्रम आयोजना गर्न गर्ने भएको छ ।

कार्यक्रममा सहभागी सहभागी भै दिनु हुन सबै एनआरएन अभियन्तहरु, आइसीसी तथा एनसीसीहरुलाई संघले आग्रह गरेको छ । आचार्यले आफ्नो जन्मभूमिलाई सेवा गर्ने यो अवसर नगुमाउन र अन्तरक्रियामा सक्रिय रुपमा सहभागी हुन आग्रह गरे । कार्यक्रमलाई अर्थ मन्त्री जनार्दन शर्मा, अर्थ सचिव मधुकुमार मरासैनी लगायत राष्ट्र बैंकका वरिष्ठ अधिकारी सम्बोधन गर्ने छन् ।