पर्वेतेलीको युरोप भेला बार्सिलोनामा,एनआरएनए कार्यकारी अध्यक्ष आचार्य आउदै


बार्सिलोना।गैर आबासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य स्पेनको बार्सिलोना आउने भएका छन्।आगामी साता बार्सिलोनामा हुने अन्तर्राष्ट्रिय पर्वत समाजको युरोपस्तरीय भेलालाई सम्बोधन गर्न एनआरएनए अध्यक्ष आचार्य  स्पेन आउन लागेको हुन्।अन्तर्राष्ट्रिय पर्वत समाजका संरक्षक समेत रहेका आचार्यले भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने भएका छन्। 

अप्रिल १७ र १८ मा स्पेनको पर्यटकीय सहर बार्सिलोनामा हुने भेलाको सम्पूर्ण तयारी पूरा भईसकेको पर्वत समाज स्पेनका अध्यक्ष दिनेशराज रेग्मीले बताए। ‘अमेरिका र धेरैजस्तो युरोपबाट नै पाहुनाहरु आउदैहुनुहुन्छ।होटल बुकिङ् लगायत हल व्यवस्थापनको लगायतका तयारी पूरा भईसकेका छन्।’ अध्यक्ष रेग्मीले भने।

अन्तर्राष्ट्रिय पर्वत समाजका युरोप संयोजक सन्तोष पौडेलको संयोकत्वमा आयोजक समिति गठन गरिएको छ । भने भेला ब्यबस्थापनको जिम्मेवारी पर्वत समाज स्पेनले लिएको छ। 

विदेशमा रहेका पर्वतेलीहरुको सामुहिक लगानी, संस्थागत बिकास, र भावी योजनाबारे भेलामा वृहत छलफल हुने आयोजकले जनाएको छ। अप्रिल १७ मा अन्तर्राष्ट्रिय पर्वत समाजको युरोपेली भेला र अप्रिल १८ मा पर्वत समाज स्पेनको तेस्रो अधिवेशन हुने कार्यतालिका रहेको छ।