युक्रेनका नेपालीलाई स्लोभाकिया,पोल्याण्ड वा हंगेरीतर्फ लाग्न वर्लिन दूतावासको सुझाव  


बार्सिलोना। युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया,पोल्याण्ड वा हंगेरीतर्फ जान वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ। ति मुलुकहरुले युक्रेनमा फसेका विदेशी नागरिकहरु मानवीयको आधारमा नाका (बोर्डर) खुल्ला गरेको जानकारी दिदै दूतावासले अनुरोध गरेको हो। 

शुक्रबार विज्ञप्ति प्रकाशित गर्दै दूतावासले हालसम्म १९३ जना नेपाली सम्पर्कमा आएको उल्लेख गरेको छ। सुरक्षित तवरले नेपाल फर्कनका लागि सम्पर्कका आएका सबै नेपालीहरुलाई युक्रेन छाडेर ति मुलुकहरुतर्फ जान दूतावासले अनुरोध गरेको हो।  

‘हिजो र आज समेत गरी युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरु गणतन्त्र स्लोभाकिया,पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन छाने विदेशी नागरिकहरुलाई आफ्ना मुलुकमा प्रवेशका लागि नाका (वोर्डर) खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको छ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

सीमा नाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमतिपत्र सम्बन्धमा समस्या परेमा सम्पर्क राख्न दूतावासले अनुरोध गरेको छ।