स्पेनमा बन्ने लुम्बिनी गार्डेनबारे थाईल्याण्डकी राजकुमारीको चासो 


म्याड्रिड।थाईल्याण्डकी राजकुमारी महा चक्री सिरिनधोर्नले स्पेनमा बन्दै गरेको लुम्बिनी गार्डेनबारे चासो ब्यक्त गरेकी छिन्। बुधबार फाउन्डेसनका पदाधिकारीहरुसंगको भेटमा राजकुमारी सिरिनधोर्नले चासो ब्यक्त गरेकी हुन्। 

स्पेनको एक्स्त्रेमादुरा प्रदेशको क्याथेरेस शहरमा बन्ने १० अर्व रुपैयाँको लागतमा बन्ने लुम्बिनी गार्डेनमा थाईल्याण्डको कला संस्कृति झल्कने संरचनाहरु पनि बनाईदै छ। 

‘राजकुमारी सिरिनधोर्नले फाउन्डेसनको मेगा प्रोजेक्ट र विशेष गरी लुम्बिनी गार्डेनमा राखिने थाईल्याण्डको पार्टबारे चासो ब्यक्त गर्नुभएको थियो।’ थाइल्याण्ड भ्रमणमा रहेका फाउन्डेसनमा महासचिव एकराज गिरीले बताए।

राजकुमारी सिरिनधोर्नलाई फाउन्डेसनका अध्यक्ष खोसे म्यानुअल भिलानोभाले शिष्टचार भेट गर्दै मायाको चिनो प्रदान गरेका थिए। 

फाउन्डेसनले बैंककस्थित वाटनाकप्रोक टेम्पलसँग क्याथेरसमा बुद्व मुर्ति निर्माणका सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। अन्य दुई संस्थासंग पनि लुम्बिनी गार्डेनमा संरचना निर्माणका लागि सम्झौता भएको महासचिव गिरीले जानकारी थिए। 

अध्यक्ष भिलानोभाको नेतृत्वमा गतसातादेखि थाईल्याण्डको भ्रमणमा रहेको स्पेनी टोलीले लुम्बिनी गार्डेन प्रोजेक्टलाई सफल पार्न भेटवार्ता र भ्रमणलाई तिब्रता दिदै आएको छ।