मुगुका आगालागी पिडितलाई स्पेनका अक्कल बोहोराद्वारा ५० हजार रुपैयाँ सहयोग 


बार्सिलोना। मुगुको गमगढी बजारमा सोमबार राति भीषण आगलागी हुँदा दर्जनौ घर जलेर नष्ट भएका छन्। विकट जिल्ला मुगुको पिडामा मल्हम लगाउन स्पेन निवासी अक्कल बोहोराले ५० हजार रुपैयाँ सहयोग गर्ने भएका छन्। 

भूकम्पपीडित, गरिव तथा आसाहय बिद्यार्थी,मिर्गौलापीडितदेखि दीर्घरोगीसम्म,बाढीपीडितदेखि आगलागीपीडितसम्मलाई बोहोराले आर्थिक सहयोग गर्दै आएका छन्। 

‘आगलागीबाट मानवीय क्षति नभएपनि धनसम्पति जलेर खरानी भएको समाचार सुने। जिल्लाबासीको नाताले पनि मेरो  मन दुखेको छ।त्यसैले सहयोग अभियान थालेको हु।’ बोहोराले नेपालीनेपाली डटकमलाई भने। राति १२ बजे ठिल्ले तामाङको घरबाट सल्किएको आगोले २१ घर जलेर नष्ट भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । 

काठबाट निर्मित कच्ची घरहरू एकअर्कासँग जोडिएको हुँदा एक घरबाट सल्किएको आगोले  कराडौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।

बोहोराले सुरु गरेको सहयोग अभियानमा स्पेनबासी नेपालीहरुले साथ दिएका छन्। ‘ मैले बोलेको सहयोग रकम सहित झन्डै १२ सय युरो जति प्रतिवद्वता आईसकेको छ। सम्पूर्ण विवरण म पछि राख्ने छु।’ उनले भने।