स्याङ्जा सहयोग समाजको अधिबेशन तयारी तिब्र


बार्सिलोना। स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको चौथो अधिबेशन तथा विश्व सम्मेलनको तिब्रताका साथ तयारी भईरहेको आयोजकले जनाएका छन् । आगामी मंसिर १३ गते (नोभेम्बर २९ ) मा हुने समाजको अन्तर्राष्ट्रिय अधिबेशनको तयारी तिब्र पारिएको हो।

संघका केन्द्रिय महासचिव हेमन्त रानाभाटले शनिबार बसेको सचिबालय बैठकले अधिबेशन तयारीबारे महत्वपूर्ण निर्णयहरु भएको बताए। ‘समृद्व स्याङ्जाका लागि विश्व अभियान’ मूल मत्रका हामीले बिश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिबेशन स्याङ्जा जिल्लाकै वालिङ्मा गर्दैछौ। प्रवासमा रहेर जन्मथलो स्याङ्जालाई माया गर्ने सबै नेपालीहरुको उपस्थिति रहने अपेक्षा राखेका छौ।’ महासचिव रानाभाटले भने।

उनले राष्ट्रिय समन्वय परिषदहरुले अधिबेशन शुल्क स्वरूप ४० हजार रुपैयाँ दुई हप्ताभित्रै बुझाउनु पर्ने सचिवालयले निर्णय गरेको जानकारी दिए।

समाजका अध्यक्ष जीवन न्यौपानेको अध्यक्षतामा अधिबेशन मुल आयोजक समिती गठन गरिएको छ। विधान मस्यौदा समितीमा भोला पौडेल,प्रचारप्रसारमा हेमन्त रानाभाट,मुक्ती सुवेदी र डोलराज डुम्रेलाई जिम्मेबारी दिईएको समाजले जनाएको छ।
यस्तै पत्राचारका लागि हरी लुइँटेल,हल ब्यबस्थापन खगेन्द्र गैरे र धर्म पराजुली, अतिथी सत्कारमा माया केसी र थर्क सेन, प्राबिधिक संयोजनका लागि राजेश पाण्डेलाई जिम्मेबारी बाँडफाँड भएको छ।

निर्बाचन समिती लगायत अन्य तयारी उप समितीहरुबारे आबस्यक छलफलपछि सचिवालय बैठकले छिट्टै निर्णय गर्ने महासचिव रानाभाटले जानकारी दिए।