एनआरएनए निर्वाचन: आचार्य र डा.केसीबीच मुख्य प्रतिस्पर्धा


एनआरएनए अध्यक्षका प्रत्यासीहरु आचार्य (दायाँ) र डा. केसी (बायाँ)

बार्सिलोना।गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि बेलायत निवासी ब्यबसायी कुल आचार्य र रसियाका डा. बद्री केसीवीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।गैरआवासीय नेपली संघको दशौ विश्व सम्मेलन तथा महाधिवेशनमा आचार्य र डा. केसीबीच कडा प्रतिस्पर्धा हुने भएको हो। 

अमेरिका निवासी रविना थापाले पनि उम्मेदवारी दिने बताएका छन्। यसपटक डा. केसी र आचार्यबीच नै मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ। आचार्य नवौं महाधिबेशनमा अध्यक्षमा कुमार पन्तसँग पराजित भएका थिए। डा.केसीलाई  नेकपा एमाले निकट र आचार्यलाई नेपाली काँग्रेस निकटको उम्मेदवारको रुपमा पनि हेरिएको छ। थापा पनि बर्तमान उपाध्यक्ष हुन्। उनलाई पनि काँग्रेस निकट उम्मेदवारको रुपमा हेरिएको छ। तर नेपाली काँग्रेसले आचार्यलाई आधिकारिक उम्मेदवारको रुपमा अघि बढाएको काँग्रेस निकटवर्तीहरुले बताएका छन्। 

‘एनआरएन हाक्नलाई म परिपक्क उम्मेदवार हुँ’ : डा. केसी 

नेपालीनेपाली डटकमसँग विशेष कुराकानी गर्दै डा. केसीले भने, ‘म आँफै पनि एनआरएन हाक्नलाई म परिपक्क छु भन्नेमा म भन्दा पनि बढी तपाईहरु जानकार हुनुहुन्छ।’  उनले सन् २००३ देखिनै आँफू अभियानमा रहेको बताउदै  एनआरएनको रुपरेखा कोरिसकिएकाले त्यसलाई पूरा गर्ने जिम्मेवारी आँफूले लिने बताएका छन्। ‘दुई कार्यकाल केन्द्रिय सदस्य,एक कार्यकाल कोषाध्यक्ष,दुई कार्यकाल महासचिव र अहिले उपाध्यक्ष छु। मैले जाने ठाउँ नै बाँकी एउटा अध्यक्ष मात्रै नै हो।’ डा. केसीले थपे। नेतृत्व सम्हालेर नै एनआरएनका अधुरा कामहरु पूरा गर्ने वचनबद्वता उनले ब्यक्त गरेका छन्। 

 गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि बेलायत निवासी ब्यबसायी कुल आचार्य र अमेरिका निवासी रविना थापाले पनि उम्मेदवारी दिने बताएका छन्। यसपटक डा. केसी र आचार्यबीच नै मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ। आचार्य नवौं महाधिबेशनमा अध्यक्षमा कुमार पन्तसँग पराजित भएका थिए। डा.केसीलाई  नेकपा एमाले निकट र आचार्यलाई नेपाली काँग्रेस निकटको उम्मेदवारको रुपमा पनि हेरिएको छ। 

‘एनआरएनले के गर्ने भन्ने रुपरेखा वा खाका त कोरिसकिएको नै छ।८ वटा डिपार्टमेन्टहरु छन्। के कसरी काम गर्ने वा काम गराउने भन्ने कुरा नै महत्वपूर्ण हो। ति बिषयमा नै म केन्द्रित रहने छु।’ उनले भने। पहिलेदेखिनै उठाउदै आएका कतिपय मुद्वाहरुले पूर्णता पाईनसकेको भन्दै त्यसमै जोड दिने बताए। डा. केसीले थपे, ‘ जस्तो नागरिकताको निरन्तरताको कुरा त्यसलाई हामीले कायम नै राख्छौ। बैदेशिक रोजगारमा भएका समस्याहरुलाई समाधान गर्ने हाम्रो सधैँ प्राथमिकता रुपमा आईहाल्छ।’

बौद्विक वर्ग र दोस्रो पुस्ताका युवाहरुलाई एनआरएनमा आवद्व गराउने पनि उनको प्रमुख लक्ष्य रहेको छ। नेपालमा लगानी भित्राउनको लागि यसपटक कोसेढुंगा सावित भएको भन्दै  उनले १० अर्ब रुपैयाँ लगानीका लागि कम्पनी खडा भईसकेको बताए। ‘हामी द्रुत गतिमा काम गर्नेछौ। ८ वटा डिपार्टमेन्टहरु छन्। के कसरी काम गर्ने वा काम गराउने भन्ने कुरा नै महत्वपूर्ण हो। ति बिषयमा म केन्द्रित रहने छु।’ केसीले भने। उनले आफ्नो उम्मेदवारी बारेको छिट्टै औपचारिक घोषणा समेत हुने बताएका छन्। 

एनआरएनमा गुटगत स्वार्थलाई निरुत्साहित गर्न फेरि अध्यक्षमा लड्दै छु : आचार्य 

एनआरएनए पूर्व उपाध्यक्ष कुल आचार्यले संस्थामा देखिएको चरम लापरबाही, चरम व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न आँफू फेरि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन्। संस्थाको सुदृढीकरण र शुद्धीकरण नै आफ्नो प्राथमिकतामा रहेको बताउदै आचार्य पुन: आँफू चुनावी मैदानमा उत्रिएको बताएका हुन्। उनि गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा पनि अध्यक्षका प्रत्यासी थिए। 

विशेष कुराकानी गर्दै आचार्यले अध्यक्ष पदमा आफ्नो दावेदारी स्वाभाविक भएको बताएका छन्। ‘संस्थामा लामो समय देखि समय, स्रोत र निस्वार्थ सेवामा खटेको मेरो योगदान तपाइँहरुले मूल्यांकन गर्न सक्नु हुन्छ । मैले कहिले पनि कमिसन वा  व्यक्तिगत लाभको लागि कुनै पनि काम गरेको छैन । संस्थामा देखिएको चरम लापरबाही, चरम व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न मैले सधै आवाज उठाइरहेको छु।’ उनले भने 

तमाम गैरआवासीय नेपालीहरुको इज्जत र प्रतिष्ठा बोकेको संस्थामा सबैको भावनालाई समेट्ने, सबैलाई मिलाएर जान सक्ने, अग्रजलाई सम्मान र युवालाई साथै लिएर जाने आफ्नो भिजन रहेको उनले बताए। आचार्यले थपे, गैरआवासीय नेपाली संघ जस्तो सामाजिक संस्थालाई विभिन्न स्वार्थमा विभाजित बनाउने कुराको म विरोधी हुँ। त्यसैले संघको साखलाई उचो बनाउन तमाम अग्रज र गैर आवासीय नेपाली समुदायको बिशेष अनुरोधलाई स्वीकार गरेर नै म  उम्मेद्वार बन्ने निधोमा पुगेको हुँ ।’

 गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि रसियाबाट डा. बद्री केसी र अमेरिका निवासी रविना थापाले पनि उम्मेदवारी दिने बताएका छन्। यसपटक डा. केसी र आचार्यबीच नै मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ। डा.केसीलाई नेकपा एमाले निकट र आचार्यलाई नेपाली काँग्रेस निकटको उम्मेदवारको रुपमा पनि हेरिएको छ। 

नेपालका सबै राजनीतिक दलहरुलाई एकठाउँमा उभ्याई संबिधानले नै प्रदान गरेको गैरआवासीय नागरिकता कानुन पारित गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै यो विषयलाई आचार्यले उच्च प्राथमिकतामा राखेको बताएका छन्। 

‘गैरआवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको सुरक्षा प्राथमिकताको विषय हो। यस्तै कोभिड १९ का कारण ठूलो संख्यामा नेपालीहरुले रोजगारी गुमाएर स्वदेश फर्कनु भएको छ। स्वदेश फर्केका नेपालीहरुका लागि रोजगार सिर्जना गर्न सघाउन मैले “एक एनआरएन एक रोजगार” भन्ने अवधारणा अगाडी सारेको छु।’ उनले थपे। 

 प्रवासी लगानी मैत्री नीति निर्माणमा पहल गर्ने प्रतिबद्वता ब्यक्त गर्दै आचार्यले भने,‘‘नागरिकताको अभावमा कतिपय गैरआवासीय नेपालीहरुले नेपालमा लगानी गर्न नपाएको तथा नेपालमा रहेको पैतृक सम्पत्ति पनि परिचालन गर्न नसकेको अवस्था छ। यस्ता समस्याको समाधान गर्न मैले नेपाल सरकारलाई आग्रह गर्ने छु।’

प्रवासमा नेपाली भाषा, संस्कृति र सम्पदाको रक्षा गर्ने कुरामा आँफूले जोड दिंदै आएको सुनाए । उनले आफ्ना प्रतिवद्धताहरू छिट्टै औपचारिक रुपमा नै सार्वजनिक गर्ने पनि बताएका छन्। 

हालै सम्पन्न एनसीसीहरुको चुनाव र महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनमा केन्द्रले हस्तक्षेप गरिरहेको भन्ने गुनासो आएको पनि बताए। आचार्यले भने, ‘ विधानको आफुखुसि व्याख्या गर्ने प्रवृत्ति देखिएको छ। म एनसीसीहरुलाई स्वायत्तता दिनु पर्छ भन्ने कुरामा विश्वास गर्छु। संस्थाको पारदर्शीता, संस्थाका सदस्यहरुको डेटा सुरक्षा, एनसिसिहरुको स्वायत्तता अर्थात हरेक देशका एनसिसिहरुलाई आफ्ना सदस्यहरुका डेटा,आफ्नो नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न स्वतन्त्र निर्णय गर्न छोडीदिने कुरामा म विश्वास गर्छु।’