मेस्सी पेरिस सेन्ट जर्मेनमा अनुबन्धित


बार्सिलोना। अर्जेन्टिनी खेलाडी लियोनेल मेसी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा अनुबन्धित भएका छन्। मंगलबार उनले दुई वर्षका लागि पेरिस सेन्ट जर्मेनसँग सम्झौता गरेका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार ३५ मिलियन युरोमा उनी पिएसजी भित्रिएका हुन्।पिएसजीले मंगलबार मेस्सीलाई सार्वजनिक गरेको हो। यसअघि मेसी आइतबार स्पेनिस फुटबल क्लब बार्सिलोनबाट बिदा भएका थिए। 

 

सम्झौता अघि मेस्सीको मेडिकल चेकजाँच भएको थियो।  उनले दुई वर्षे सम्झौता गरेपनि थप एक वर्षसम्म क्लबमा बस्नसक्ने विकल्प पनि राखिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन्। 

सम्झौतापछि बोल्दै मेस्सीले भने,क्लबको भिजन नै  आफ्नो महत्वाकांक्षा अनुरूप रहेको प्रतिक्रिया दिएका छन्।उनले भने,

“मलाई थाहा छ कि प्रतिभाशाली खेलाडी र स्टाफ यहाँ छन्।म उनीहरु संगै क्लब र प्रशंसकहरुको लागि महान बनाउनको  दृढ छु।”

मेस्सीले पीएसजीमा रहदामा ३० नम्बरको जर्सी लगाउने भएका छन्। उनले बार्सिलोना क्लवको सुरुवातमा पनि ३० नम्बर नै लगाएकोले खेल सुरु गरेकाले सोहि नम्बर रोजेको बताईएको छ। हाल पेरिस सेन्ट जर्मेनमा १० नम्बरको जर्सी ब्राजिलका खेलाडी नेयमारले लगाउदै आएका छन्।