मेस्सीले बार्सिलोना क्लब छोडे 


बार्सिलोना। अर्जेन्टिनी सुपरस्टार लिओनल मेस्सीले स्पेनिस क्लब बार्सिलोना छाड्ने भएका छन् ।मेस्सीले नयाँ सम्झौताबारे बिहीबार क्लबसँग छलफल पनि गरेका थिए । तर, छलफल सकारात्मक नभएपछि क्लबले अब मेस्सी नफर्कने जानकारी दिएको हो ।

मेस्सी र क्लबबीच सम्झौता थप्नबारे भएको सहमतिमा बिहीबार हस्ताक्षर गर्ने तय थियो, तर आर्थिक र (ला लिगाको) संरचनात्मक बाधाका कारण सम्झौता हुन सकेन । अब मेस्सी बार्सिलोनामा नबस्ने भएका छन् 

‘फुटबल क्लब बार्सिलोना र लियोनेल मेस्सी दुवै पक्ष नयाँ करार सम्झौता गर्ने सहमति र स्पष्ट उद्देश्यसहित आज छलफलमा बसेपनि आर्थिक र संरचनात्मक बाधा (स्पेनिस ला लिगाको नियम) का कारण त्यो सम्भव हुन सकेन,’ विज्ञप्तिमा भनिएको छ ।

‘यस अवस्थाका कारण मेस्सी एफसी बार्सिलोनामा रहने छैनन् । क्लब र खेलाडीको इच्छा अन्ततः पुरा नभएकोमा दुवै पक्ष निकै दुःख व्यक्त गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । बार्सिलोनाले मेस्सीलाई क्लबप्रति पुर्याएको योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना व्यक्त गरेको छ ।