एनआरएनए स्पेनको अध्यक्षमा शालिकराम डुम्रे विजयी


नवनिर्वाचित एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रे

बार्सिलोना। एनआरएनए स्पेनको सातौँ अधिवेशनबाट अध्यक्षमा शालिकराम डुम्रे विजयी बनेका छन्। अध्यक्षका अर्का प्रत्यासी उत्तरकुमार राईलाई १५५ मतान्तरले पराजित गर्दै  डुम्रे विजयी बनेका हुन्।डुम्रेले १ हजार १८ मत प्राप्त गरे भने  राईले ८६३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। 

 डुम्रे नेपाली जनसम्पर्क समिति स्पेनका पूर्व अध्यक्ष समेत हुन्। भने राई एनआरएनए स्पेनको निवर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्। नेपाली जनसम्पर्क समिति स्पेनको समर्थन रहेको डुम्रे नेतृत्वको समूह नै निर्वाचनमा विजयी बनेको छ। यद्दपी समितिबाट सवै पद संख्या बराबर उम्मेदवारहरु खडा गरेको थिएन। 

२ हजार १९ पंजीकृत सदस्यहरु रहेको स्पेनमा १ हजार ९०४ जनाले अनलाईनमार्फत मतदान गरेका थिए। कुल मतदाता मध्ये ९४ प्रतिशत मतदानमा सहभागि बनेका छन्। यो एनआरएनए स्पेनको इतिहासमै सर्वाधिक बढी खसेको मत हो। 

सोमबार बिहान १० बजेदेखि सुरु भएको मतदान राति १० बजे सम्पन्न भएको थियो। अनलाईन भोटिङ्गको जिम्मेवारी साईटल इलेक्सन टेक्नोलोजी एसएल कम्पनी बार्सिलोनाले लिएको थियो।  

आईसीसी सदस्यमा गिरी र तिमिल्सिना विजयी 

अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य (आईसीसी) पदका लागि दिनेश कुमार गिरी १ हजार २ मतका साथ विजयी बने। प्रकाश तिमिल्सिना पनि आईसीसी सदस्य पदमा निर्वाचित बनेका छन्। उनले ९५६ मत प्राप्त गरे।अर्का प्रत्यासी यज्ञ नारायण पौडेलले (रमेश) ८६९ मत प्राप्त गरेका छन्। निर्वाचित बनेका गिरी निर्वतमान कार्यसमितिका उपाध्यक्ष हुन् भने तिमिल्सिना पूर्व उपाध्यक्ष हुन्। छैठौं अधिवेशनमा आईसीसी सदस्यमा पराजित भएका तिमिल्सिना सातौ अधिवेशनमा भने चुनाव जितेका छन्। 

यस्तै खुल्ला उपाध्यक्ष तर्फ सोनु रावतले १ हजार ४६ मत ल्याउँदै निर्वाचित भए । उपाध्यक्षमा नै कृष्णराम रानाभाट ९६६ मतका साथ विजयी बनेका छन्। अर्का प्रत्यासी भुप्रेन्द्र कुमार श्रेष्ठले भने ७२२ मत प्राप्त गरे।महिला उपाध्यक्षमा सृजना लामिछाने १ हजार १५४ मत प्राप्त गर्दै विजयी बनिन्।अर्का प्रत्यासी कमला बरालले  ६३३ मत मात्र प्राप्त गरिन्।  क्षेत्रीय कोटाको उपाध्यक्षमा रोशन पाठकले ९ सय ३९ मत ल्याई विजयी बनेका छन्।सोहि पदको प्रतिस्पर्धामा रहेका महेश्वर घिमिरेले  (भान्जा) ८४० मत प्राप्त गरे। 

महासचिवमा बिदुर गौतम १ हजार १४ मत ल्याउँदै निर्वाचित भए । उनका प्रत्यासी  ध्रुव भट्टले  ७५२ मत मात्र प्राप्त गरेका छन्। सचिव (खुल्ला तर्फ) अरुण घिमिरेले  १ हजार १७१ मतका साथ र नारायण भट्टराई (एन.के) ८५५ मत सहित विजयी बनेका छन्। अर्का प्रतिस्पर्धी केबिन्द्र शाहीले  (के.बी.) ७ सय २८ मत् प्राप्त गरे। 

कोषाध्यक्षमा सन्त बहादुर क्षेत्री ९३३ मत  मत ल्याउँदै निर्वाचित भए । उनका प्रत्यासी शिव प्रसाद गौतमले ८१६ मत प्राप्त गरेका छन्। यस्तै  युवा संयोजकका मनुश जंग खड्काले ९७३  मत ल्याई विजयी बने भने उनका प्रतिद्वन्दी दिपेन्द्र गजुरेलले  ७७४ मत प्राप्त गरेका छन्। म्याड्रिड क्षेत्रबाट सचिव पदका लागि सुन्दरी लामाले ९७८ मत  मत ल्याउँदै निर्वाचित भईन्। भने अर्का प्रत्यासी सनिषा गुरुङले ८०० मत प्राप्त गरेकी छिन्।  

निर्विरोध को को बनेका थिए ?

यसअघि सहकोषाध्यक्षमा शिवप्रसाद पौडेल र महिला संयोजकमा देवी कुमारी भण्डारी, क्षेत्रगत सचिवमा पाइसभास्कोबाट दिपेन्द्र प्रकाश अर्याल, ग्रान कानरियाबाट दिपेन्द्र श्रेष्ठ निर्विरोध बनेका थिए। कोष्ट़ाब्याङ्का क्षेत्रबाट भने १ जना सचिव पछि मनोनित गरिने संघको निर्वाचन नियामवलीमा उल्लेख छ। 

कार्यसमिति सदस्यमा इमा सापकोटा भट्ट,कमल पराजुली,जमुना देवी शर्मा, प्रकाश पुरी र डिल बहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।

यस्तो छ मतपरिणाम :