एनआरएनए स्पेन : ६ घण्टाभित्रै ६५ प्रतिशत मत खस्यो, राति साढे १० बजे भित्रै नजिता  


बार्सिलोना। एनआरएनए स्पेनको इतिहासमा नै पहिलो पटक अनलाईन भोटिङ्गमार्फत पहिलो पटक नयाँ नेतृत्व चयन हुँदैछ। सोमबार बिहान १० बजेदेखि जारी मतदानमा स्थानीय समय दिउँसो ४ बजेसम्म ६५ प्रतिशत मतदाताले मतदान गरेका छन्। 

२ हजार १९ पंजीकृत सदस्यहरुमध्ये १ हजार ३१४ जनाले मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका संयोजक हेम शेर्पाले राति साढे १० बजेभित्रै सम्पूर्ण नतिजा सार्वजनिक गर्ने बताए। संयोजक शेर्पाले भने,’ राति १० बजेसम्म मतदान जारी नै रहन्छ। र हामीले ढिलोमा साढे १० बजे नै स्पेनबासी नेपालीहरु माँझ चुनावको नजिता सार्वजनिक गर्नेछौ।’

हालसम्म मतदाताहरुको गरेका गुनासो वा उजुरीबारे जिज्ञासा राख्दा उनले केहि ब्यक्तिहरुको ईमेल र फोन नम्बर गलत भएकाले मतदान गर्न नमिलेको बताए।’हामीले फोन र ईमेल सच्चाउने समय दिएका थियौं त्यही अबधिमा करेक्ट गर्नुपर्थ्यो।अहिले हामीले गलत वा सहि के छ त्यो मात्र भन्न सक्छौ।’ संयोजक शेर्पाले भने। 

दिउँसो ४ बजेसम्म कहाँ कति मत खस्यो हेर्नुहोस् विवरण :-

चुनावी मैदानमा को -को भिड्दै छन् ?

एनआरएनए स्पेनको नयाँ नेतृत्वको लागि उत्तरकुमार राई र शालिकराम डुम्रे चुनावी मैदानमा छन्। म्याड्रिड निवासी राई संघको बर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् भने बार्सिलोना निवासी डुम्रे कार्यसमितिका सदस्य हुन्।

यस्तै दुई अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य (आईसीसी) पदका लागि दिनेश कुमार गिरी,प्रकाश तिमिल्सिना र यज्ञ नारायण पौडेलले (रमेश) चुनावी मैदानमा छन्।

यस्तै खुल्ला उपाध्यक्ष तर्फको दुई पदका लागि कृष्णराम रानाभाट, भुप्रेन्द्र कुमार श्रेष्ठ र सोनु रावतवीच प्रतिस्पर्धा छ। महिला उपाध्यक्षमा कमला बराल र सृजना लामिछाने, क्षेत्रीय कोटाको उपाध्यक्षमा रोशन पाठक र महेश्वर घिमिरे (भान्जा) चुनावी मैदानमा छन्।

महासचिवमा बिदुर गौतम र ध्रुव भट्ट र दुई सचिवमा(खुल्ला तर्फ) अरुण घिमिरे,  केबिन्द्र शाही (के.बी.) र नारायण भट्टराई (एन.के) बीच त्रिपक्षीय भिडन्त छ। कोषाध्यक्षमा सन्त बहादुर क्षेत्री र शिव प्रसाद गौतम,  युवा संयोजकका लागि दिपेन्द्र गजुरेल र मनुश जंग खड्काबीच  प्रतिस्पर्धा भईरहेको छ।