निष्पक्ष चुनाव भएँ मैले जित्छु : डुम्रे, हार्नलाई उम्मेदवारी दिएको होईन: राई (चुनावी बहस)


एनआरएन स्पेनका अध्यक्षका उम्मेदवारहरु,राई (दायाँतर्फ ) र डुम्रे (बायाँतर्फ)

वार्सिलोना। युरोपमा यति बेला ह्ववात्तै गर्मी बढिरहेको छ। त्यसमाथि गैरआवासीय नेपाली संघ एनआरएनएको चुनावी सरगर्मीले पनि माहोल झनै तातेको छ। बिभिन्न देशहरुमा राष्ट्रिय समन्वय परिषदहरुका अधिबेशनहरु धामाधम भईरहेका छन्।यसैबिच एनआरएनए स्पेनको यसै जुलाई २५ मा हुने सातौँ अधिबेशनले चुनावी माहोल चरम उत्कर्षमा पुगेको छ। बार्सिलोना र म्याड्रिडको भिडन्त त हामीले फुटबलमा धेरै पटक हेरिसकेका छौ। तर यसपटक एनआरएनए स्पेनको चुनावमा पनि बार्सिलोना भर्सेस म्याड्रिडजस्तै छ। अर्थात् एल क्लासिको भिडन्त देख्दै छौ। झन्डै डेढ दशक बार्सिलोनामा बस्दै आएका शालिकराम डुम्रे र दुई दशकभन्दा लामो समय म्याड्रिडमा बस्दै आएका उत्तरकुमार राईबीच कडा टक्कर हुँदैछ।

यसपटकको अधिबेशन अलि भिन्न पनि छ।किनकी  एक त कोरोनाले हामी सबैलाई अलि भिन्न बनाएको छ। अर्को तर्फ यसपटक अनलाईन भोटिङ्गमार्फत मतदान हुँदैछ। २६ जुलाई सोमबार हुने मतदानपछि एनआरएन स्पेनले नयाँ नेतृत्व पाउँदैछ। तर त्यो अघि कम्तीमा अध्यक्षका उम्मेदवारहरुको भिजन कस्तो छ त ? मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नु अगावै उनिहरुको बिचारलाई सुन्न चाहेको सर्वत्र चासो सुनिएपछि आज हामीले बहसलाई आयोजना गर्न उचित सम्झेको हौ। आशा छ आजको कुराकानीले स्पेनको एनआरएन अभियानमा अहिलेको अबस्थालाई जस्ताको तस्तै उतार्न सघाउन पुग्नेछ। 

आउनुहोस् एनआरएनए स्पेनका अध्यक्षका प्रत्यासी उम्मेदवार उत्तरकुमार राई र शालिकराम डुम्रेवीचको वहस हेरौं।