डार्बिन बन्यो मिनी नेपाल


डार्बिन,मे ३१

जता हेरेपनि नेपाल नै नेपाल। त्यही स्वभ्युनाथ।हिमाल पहाड र तराई झल्कने भेषभुषा। स्टेजमा नेपाली कलाकारहरुको लोभलाग्दो प्रस्तुति। अझ त्यो माथि नेपाली संगीतसंगै नृत्य प्रस्तुत हुँदा बिदेशीहरु पनि मोहित देखिन्थे।अझ कतिपय  नेपाली फुड स्टलहरुमा नेपाली परिकारको साथमा रमाउदै थिए। शनिबार अष्ट्रेलियाको डार्बिनमा सम्पन्न नेपाल महोत्सवको यो दृश्य देख्दा डार्बिन शहर मिनी नेपालजस्तै देखिन्थ्यो। 

एनआरएनए नर्दन टेरीटोरीको आयोजना तथा  स्थानीय सरकारको समेत सहकार्यमा सम्पन्न कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिहरु लगायत एनआरएन केन्द्रिय तथा स्थानीय संस्थाका प्रतिनिधिहरुको समेत बाक्लो उपस्थिति थियो।

कार्यक्रममा अष्ट्रेलियामा नै जन्मेका र यतै हुर्केका नेपाली बालबालिकाहरुको बिशेष प्रस्तुति समेत राखेका थियो। उक्त अबसरमा नेपाल चिनाउने तथा पर्यटकीय गन्तब्यहरुको परिचय गराउने भिडियो सामग्रीसमेत प्रस्तुत गरिएको थियो। 

संसारभर कोरोना महामारीको त्रास फैलिरहेको बेला प्रबासको नेपाली समुदायमा आयोजना भएको यो सम्भवत: सवैभन्दा ठुलो कार्यक्रम हो।सामाजिक दूरी कायम गर्दै कार्यक्रममा १० जनासम्म बस्न मिल्नेगरी स्टल तयार पारिएको थियो।

नेपाली मेला सम्पन्न गर्नका लागि डार्बिन ब्वाइजमा ५० जना स्वयंसेवकहरु परिचालन गरिएको थियो। कार्यक्रम भब्यरुपमा सम्पन्न गर्न सहयोग पुर्याएकोमा एनआरएनए नर्दन टेरीटोरीको संयोजक हेम पुनले नेपाली समुदायप्रति आभार प्रकट गरेका छन्।