स्पेन भ्रमणबारे राष्ट्रिय सभाका अध्यक्षसँगको विशेष कुराकानी


क्याथेरेस। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्पेनमा बन्ने लुम्बिनी गार्डेन परियोजनालाई  नेपाल सरकारले पूर्ण सहयोगसहित सदैव हातेमालो गर्ने प्रतिवद्वता ब्यक्त गरेका छन्। स्पेन भम्रणको क्रममा नेपालीनेपाली डटकमसँग विशेष कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले लुम्बिनी गार्डेन प्रोजेक्टकालागि नेपाल सरकारले सदैब हातेमालो र सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरेका हुन्। 

स्पेनको एक्सत्रेमदुरा प्रान्तको काथेरेस सहरमा भएको शान्ति सम्मेलनका भाग लिन नेपाली टोलीको नेतृत्व गर्दै उनि  अप्रिलको पहिलो साता स्पेन भम्रणमा आएका थिए।  भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले स्पेनको उपल्लो सदन (सिनेट) का अध्यक्ष पिलर लप क्विनका, स्पेन सरकारका उपप्रधानमन्त्री कार्वेन कल्भो, एक्सत्रेमदुरा प्रान्तका मुख्यमन्त्री , सभामुख, मन्त्रीहरु, सांसदलगायत विशिष्ट व्यक्तिहरुसँग भेटघाट गरेका थिए।

अध्यक्ष तिमिल्सिना सहितको भम्रण टोलि बुधबार स्वदेश फर्कीसकेको छ।

लुम्विनि गार्डेन फाउन्डेसनको निमन्त्रणामा स्पेन आएकोबेला एक्स्त्रेमादुराको राजधानी मेरिदामा अध्यक्ष तिमिल्सिनाले नेपालीनेपाली डटकमसँग विशेष कुराकानी गरेका हुन्। पूरा अन्तरर्वार्ता हेर्नुहोस्।