स्पेनको एक्स्त्रेमादुरामा नेपाली टोलिलाई भब्य स्वागत 


काथेरस ।राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली टोलिलाई स्पेनको  एक्स्त्रेमादुरास्थित काथेरसमा प्रान्तमा भब्य स्वागत गरिएको छ। पिस कन्फेरेन्समा भाग लिन आएको टोलिलाई काथेरेस प्रान्त तथा काथेरेस सिटी काउन्सिलका अधिकारीहरुले मंगलबार साँझ स्वागत गरेका हुन्।

अध्यक्ष तिमिल्सिनाको सम्मानमा रिसेप्सन पार्टीको समेत आयोजना गरिएको थियो। सो कार्यक्रमलाई सम्बोधन गर्दै  उनले बुद्वको शान्ति सन्देशलाई बिश्वभर फैलाउने गरेको प्रयासलाई मुक्तकण्ठले प्रंशसा गरे। 

लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा बुधबारदेखि तीन दिनसम्म बिभिन्न कार्यक्रमहरु सहित कन्फेरेन्स हुँदैछ।

अध्यक्ष तिमिल्सिना सहित रिसेप्सन पार्टीमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी,रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह, देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्री र उपमेयर बिद्या लक्ष्मी गुरुङ,लुम्विनीका कार्यकारी प्रमुख शिबप्रसाद रेग्मी, संघीय संसद सचिवालय सदस्य सपना सापकोटा ,लुम्बिनी गार्डेन प्रोजेक्टका प्रमुख आर्कीटेक्ट उज्वलमान शाक्य लगायतको टोलि सहभागी थियो।

यसअघि लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष खोसे म्यानुअल भिलानोभा लगायत  काथेरेस नगरका अधिकारीहरुले नेपाली टोलिलाई स्वागत गरेको थियो। झन्डै ५० जना सहभागी पाहुनाहरु काथेरेसको ग्रान होटल डिएममा रहेका छन्। 

 ७० मिलियन युरोभन्दा बढी खर्च गर्दै स्पेनको काथेरेस नगरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी योजना फाउन्डेसनले राख्दै आएको छ। सोहि अभियानको प्रचारप्रसारका पनि एक्स्त्रेमादुराबाट पिस कन्फेरेन्स सुरु गरिएको लुम्बिनी गार्डेन फाउन्डेसनका महासचिव एकराज गिरीले जानकारी दिए।