१० अर्ब लगानी गर्न एनआरएन डेभलपमेन्ट फन्ड रजिष्टार कार्यालयमा दर्ता


काठमाडौं । गैरआवसीय नेपाली संघले स्थापना गरेको १० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड मंगलबार कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको छ । गैर आबासीय नेपालीहरुले  नेपालको विकास र समृद्धिमा लगानी गर्दै आर्थिक लाभसमेत उठाउने उदेश्य रहेको संघले जनाएको छ। 

संघका अध्यक्ष कुमार पन्तले अथक प्रयासपछि अन्ततः एनआरएन डेभलपमेन्ट फन्ड कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको खबरले निकै हर्षित बनाएको प्रतिक्रिया दिएका छन्। 

’८५ प्रतिशत लगानीका निम्ति गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्काशन हुनेछ, जसमा दसौँ लाख नेपाली सहभागी हुने अपेक्षा छ ।´अध्यक्ष पन्तले भने। 

५ प्रतिशत लगानीसहित सरकारसमेत प्रवर्द्धक रहेको उक्त कम्पनीमा २ अर्बको प्रतिबद्धता प्राप्त भइसकेको पन्तले बताए। कम्तीमा १० अर्बको कोष बनाई नेपालको उद्यम, व्यवसाय र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको बताईएको छ।