स्पेनमा ४० लाख भन्दा बढी मानिसहरु बेरोजगार 


EUROPA PRESS

म्याड्रिड। स्पेनमा ४० लाख भन्दा बढी मानिसहरु बेरोजगारको रूपमा दर्ता भएका छन्। कोरोनाभाइरस महामारीको तेस्रो लहरको प्रतिबन्धले फेब्रुअरीमा, ४४ हजार ४ सय ३६ जना नयाँ बेरोजगार थपिएको स्पेनको श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले मंगलबार जारी गरिएको तथ्यांक अनुसार कोरोना भाईरसको प्रतिबन्धका कारण श्रमिकहरुमा प्रत्यक्ष असर परेको छ। करिव ९ लाख कामदारहरु पूरा समय काम गर्नबाट बन्चित छन्। ताकि उनिहरुले काम गर्ने घण्टा कम गर्न प्रेरित गरेको छ।  ईस्टर पर्वपछि  स्पेनका क्षेत्रीय सरकारहरुले लगाएका प्रतिबन्धहरु खुकुलो पार्ने अपेक्षा गरिएको छ। ताकि श्रम बजारलाई यसले बढवा दिन मद्वत पुग्ने अनुमान छ। तर नयाँ बर्षको तेस्रो महिनासम्म आईपुग्दा सरकारले दिएको राहत तथा सामाजिक सुरक्षा योजना (एरएते) योजना पर्याप्त देखिदैन।