फ्रान्समा पूर्वराष्ट्रपतिलाई तीन वर्ष जेल सजाय


प्यारिस। फ्रान्सका पूर्वराष्ट्रपति निकोला सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्ष जेल सजाय सुनाइएको छ।उनी जेल सजाय भोग्ने गरी सजाय पाउने पहिलो फ्रान्सेली पूर्वराष्ट्रपति भएका छन्। तीन बर्ष मध्ये दुई वर्ष निलम्बित सजाय रहने बताइएको छ। फैसलामा प्यारिसका एक न्यायाधीशले सार्कोजीले डिजिटल ट्याग लगाएर एक वर्षको सजाय घरमै बिताउन सक्ने बताएका छन्। 

एक जना म्याजिस्ट्रेटलाई आफ्नो फौजदारी अपराधको मुद्दाको बारेमा सूचना दिए सम्मानित जागिर दिने लोभ देखाएको आरोप ६६ वर्षीय पूर्वराष्ट्रपतिलाई लगाइएको थियो। सार्कोजीका पूर्ववकिल र ती म्याजिस्ट्रेटलाई पनि उस्तै प्रकृतिको सजाय दिइएको छ। ती तीनै जनाले पुनरावेदन गर्ने मानिएको छ।