स्पेनिश भाषा सिकाउने पुस्तक ‘ओला नमस्ते’ 


बार्सिलोना। स्पेन आउने बित्तिकै सवैभन्दा ठुलो चुनौति भाषाको नै रहन्छ। सहज ढंगले स्पेनिश भाषा सिक्न मद्दत पुगोस् भनेर नै ‘ओला/नमस्ते ’ पुस्तक निकालेका हौ। पुस्तक बिमोचन कार्यक्रममा बोल्दै कास्की आर्दश समाज स्पेनका अध्यक्ष बल बहादुर कार्कीले बताए। 

स्पेनिश भाषा सिक्न सजिलो होस् भनेर विशेष गरि यहाँको रेसिडेन्सी/पेपर नहुने नेपालीहरुलाई नि:शुल्क उपलब्ध गराउने योजना बनाएका छौ। भाषा अध्ययनमा केही आयाम थपियोस र भाषामा ठेस नलागोस भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो।’अध्यक्ष कार्कीले प्रष्ट पारे। 

कास्की आर्दश समाज स्पेनले आईतबार भर्चुअल रुपमा साधारणसभा गर्दै सो अबसरमा ‘ओला/नमस्ते ’ ‘पुस्तकको बिमोचन समेत गरेको हो। 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै समाजका केन्द्रिय अध्यक्ष गोविन्द पौडेलले समाजका गतिबिधिहरु प्रंशसनिय रहेको भन्दै प्रबासमा संगठित अन्य संस्थाहरुले पनि सिक्नुपर्नेमा जोड दिए। कार्यक्रममा गैर आबासीय नेपाली संघका अभियन्ता लगायत स्पेनस्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरु सहभागि थिए। तर नेपाली राजदूताबास म्याड्रिडलाई निमन्त्रणा पुगे पनि कार्यक्रममा सहभागिताबारे दूताबास बेखबर नै रह्यो। 

साधारणसभामा महासचिब निरज कार्कीले प्रगति विवरण र कोषाध्यक्ष देवीकुमारी भण्डारीले आर्थिक प्रतिवेदन पेश गरेकी थिईन्।