रियल म्याड्रिडका प्रशिक्षक जिदानलाई कोरोना संक्रमण 


बार्सिलोना।रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई कोरोना भाइरस संक्रमण देखिएको छ ।प्रशिक्षक जिदानलाई कोरोना पोजेटिभ भएको पुष्टि रियल म्याड्रिड फुटबल क्लवले बिज्ञप्ति जारी गर्दै गरेको छ। स्पेनी लिगा अन्तरर्गत आलाभेससँगको खेल पूर्व शुक्रबार सम्पन्न पत्रकार सम्मेलनमा प्रशिक्षक जिदान उपस्थित भएनन्।

प्रशिक्षक जिदानले रियल म्याड्रिड अहिले खराब अबस्थामा गुज्रीरहेको छ। बुधबार राति तेस्रो डिभिजनको क्लब एल्कोयानोसँग २-१ गोलको लज्जास्पद हार ब्यहोर्दै कोपा डेल रे फुटबल प्रतियोगिताबाट बाहिरिएको थियो। स्पेनिस सुपर कपमा पनि बिल्बाउसँगको हारसँगै 

म्याड्रिड निकै दवावमा परेको छ। स्पेनको खेल सम्बन्धित पत्रिकाका सम्पादकहरुले अब जिदान म्याड्रिडको प्रशिक्षकमा रहीरहन नैतिकताले नदिने भन्दै टिप्पणी गरेका छन्।