म्याड्रिडमा स्कुलहरु जनवरी १८ सम्म  बन्द रहने


स्पेन। स्पेनको राजधानी म्याड्रिड क्षेत्रका सम्पूर्ण स्कुलहरु जनवरी १८ सम्मका लागि बन्द रहने भएका छन्।फिलोमेना नामको तूफानका कारण असाधारण हिमपात भएपछि अझै पनि अबस्था सामान्य नबनेपछि स्कुलहरु बन्द गरिएको हो। 

पछिल्लो ५० वर्षमा देखिएको सबैभन्दा ठूलो हिमपातले राजधानी म्याड्रिड लगायत देशको अधिकांश भूभागमा जनजीवन प्रभावित बनेको छ। अवरुद्व भएका सडकहरु सफा गर्ने काम जारी रहेको छ। 

म्याड्रिड क्षेत्रकी प्रमुख इजाबेल अयुसोले ट्वीटर सन्देशमा अझै पनि अबस्था सामान्य नभएकाले स्कुलहरु बन्द गर्नु परेको बताएकी छिन्।