अमेरिकी निर्वाचन : संसद्‌मा जो बाइडनको जित प्रमाणित


REUTERS

जिएनएन । अमेरिकी कंग्रेसले जो बाइडेनलाई राष्ट्रपति भएको अनुमोदन गरेको छ । उनलाई कंग्रेसले प्रमाणित गर्दै अनुमोदन गरे पछि आधिकारिक रुपमा उनलाई ४६ औ राष्ट्रपति बनाएको हो । अझ पनि राष्ट्रपति डोनाल्ड ट्रम्प चुनाव हारेको स्वीकार गरेका छैनन् भने डिसीमा उनका समर्थकहरुले गत जनवरी ६ मा सदनमा तोडफोड गरि संसदमा पसे पछि केही समयको लागि बाइडेनलाई प्रमाणित गर्नु पर्ने समय लम्बिएको थियो ।

तथापि पुन प्रमाणित गर्ने समय बढाएर रात भरि कंग्रेस जम्मा भएर अन्त्यमा बाइडेनलाई उनले प्राप्त गरेको निर्वाचकीय मतलाई पुन प्रमाणित गर्दै सयुक्त सदनमा मतदान हुँदा बाइडेनको बिजयी भएको हो । उनले गत डिसेम्बर १४ मा पाएको जस्तै ३०६ निर्वाचकीय मत प्राप्त गर्दै उनि आधिकारिक रुपमा राष्ट्रपति भएका हुन् । आगामी जनवरी २० का दिन उनले सपथ ग्रहण लिने छन् । रास्ट्रपति डोनाल्ड ट्रम्पले २३२ निर्वाचकीय मत मात्र प्राप्त गरेका छन् ।

४ दशक देखि अमेरिकी राजनीतिमा संलग्न र लामो समय सम्म सिनेटर भएर काम गरेका बाइडेन अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाका उपराष्ट्रपति थिए । उनि संगै क्यालिफोर्नियाकि सिनेटर अस्वेत महिला कमला ह्यारिस उपराष्ट्रपति भएकी छिन भने उनि अमेरिकी ईतिहासमा उप राष्ट्रपति हुने प्रथम महिला हुन् । बाइडेनले ट्रम्पको थप ४ बर्ष राष्ट्रपति र दोश्रो कार्यकालको लागि व्हाइट हाउसमा शासन गर्ने ईच्छालाई तगारो लगाई दिए । निर्वाचन अघि गरिएका सबै मत सर्वेक्षणहरुमा बाइडेनले जित्ने भनि गरिएको भबिष्यवाणी यसपटक सत्यमा परिणत भएको थियो ।

सन् २०१६ देखि नै विवादै विवादमा मुसिएका ट्रम्पलाई रुससंगको साँठगाँठ लगायत अनेकौ बिषयहरुलाई लिएर अबिश्वासको प्रस्ताव लगाईएको थियो । बाइडेनको बिजयीसंगै अमेरिकी माथिल्लो सदन सिनेटमा डेमोक्र्याटको ५१ सिट(स्थान)र तल्लो सदन(प्रतिनिधि सभा)मा कूल २२२ सिट (स्थान )ल्याउन सफल भएको छ । यो संगै डेमोक्र्याटको दुवै सदनमा बहुमत भएको छ । अब बाइडेनलाई आफ्ना कार्यक्रम र आफ्ना मानिसहरु मनोनयन र नीतिका कुराहरु पारित गर्न सरल हुनेछ ।

ट्रम्प र ट्रम्प चुनाव अभियानले गत नोभेम्बर ३ मा चुनाव धाधली भन्दै पेन्सेल्भेनिया,मिसिगन,एरिजोना ,जर्जियामा लगायत राज्यहरुमा ५० भन्दा ज्यादा मुद्धाहरु हालेका थिए । सर्वोच्च अदालतमा ट्रम्पले नियुक्त गरेका न्यायाधिशहरुले समेतले चुनावमा धाधली भएको आरोपलाई अस्विकार गरेका थिए । चुनाव नतिजा उल्टाउन चुनाव अधिकारी र रिपब्लिकनका सिनेटर र संसदहरुलाई पनि उक्साएका थिए । उनले आफ्नै उपराष्ट्रपती माइक पेन्सलाई निर्वाचकीय मत अनुमोदन नगर्न आग्रह गर्दा उनले पनि अस्विकार गरि बाइडेननै ४६ औ राष्ट्रपति भनि सयुक्त सभामा अनुमोदन गरेका थिए ।

जो बाइडेनको पुरा नाम जोसेफ रोबिनेट बाइडेन जुनियर जो । उनको जन्म २० नोभेम्बर १९४२ मा भएको हो भने उनि एक सफल अमेरिकी राजनीतिज्ञ हुन् । सन् २००९ देखि सन् २०१७ सम्म ओबामा प्रशासनमा संयुक्त राज्य अमेरिकाको ४७औँ उपराष्ट्रपतिको रूपमा सेवा गरेका थिए। उनले डेलावेयरका लागि सन् १९७४ देखि सन् २००९ सम्म सिनेटरको रूपमा काम गरेका थिए ।