अन्सिका शर्मा बनिन् ‘मिस युनभिर्स नेपाल ‘


काठमाडौँ — अन्सिका शर्मा यो वर्षको ‘मिस युनभिर्स नेपाल २०२०’ को विजेता बनेकी छन् ।प्रतियोगिताको पहिलो रनर्सअप बनिन् सुजिता बस्नेत । त्यस्तै, दोस्रो रनर्सअप निनाकान्त मण्डल । दीप्ता थापा तेस्रो रनर्सअप र न्यान्सी खड्का चौथो रनर्सअप भइन् ।

मिस युनिभर्स नेपालले उपहारमा नगद १० लाख प्राप्त गरेकी छन् । यो वर्ष मिस युनिभर्सको प्रतियोगिता छुट्टै आयोजना गरिएको थियो ।यसअघि मिस नेपाल आयोजना गर्दै आएको हिडन ट्रेजरले नै मिस युनिभर्ससँग सहकार्य गर्दै आएको थियो । गत फागुनमा नै मिस युनिभर्सले हिडन ट्रेजरसँग सहकार्य नगर्ने जनाएको थियो ।