डान्सिङ शैलीमा ‘बाग्मतीको पुल’


मोडलद्धय नाजिर हुसेन र आँचल शर्मा अभिनित ‘बाग्मतीको पुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा नाजिर र आँचलको नृत्य हेर्न सकिन्छ ।

यो गीतमा राजमन तामाङ र मेलिना राईको स्वर, दीपक शर्माको शब्द तथा संगीत छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा राजिव समरको करियोग्राफी छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ ।