बलिउडकी आइटम गर्ल मलाइकाको चर्चा..


बलिउडकी हट आइटम गर्ल मलाइका अरोरा खानको चर्चा उनको तस्वीरका कारणले पनि हुने गर्दछ । विशेषगरि, मलाइका जीम पुग्दा होस् या सार्वजनिक कार्यक्रममा पुग्दा नै किन नहोस्, बोल्ड पहिरन लगाउन माहिर मानिन्छिन् । बलिउडमा ‘मुन्नी’ उपनामले परिचित यी सुन्दरी नायक अर्जुन कपुरको प्रेममा छिन् ।

उनै, मलाइकाले आफ्नो सामाजिक संजाल इन्स्टाग्राममा सार्वजनिक गरेको तस्वीरले भने खुबै चर्चा पाइरहेको छ । मलाइकाले स्विमिङ पूलमा रमाउँदै गरेको तस्वीर पोष्ट गरेकी छिन् । यस्तै, उनले हरियो पहिरनमा प्रकृतीसँग रमाउँदै गरेको तस्वीर पनि पोष्ट गरेकी छिन् । यी दुबै तस्वीरलाई लिएर अहिले सामाजिक संजाल गर्माएको छ ।बलिउडका चलचित्रमा आइटम गर्लको रुपमा चर्चामा आएका मलाइकाले केही बर्ष अगाडि कलाकार अरबाज खानसँग डिभोर्स गरेकी थिइन् ।