एनआरएनए विशेष अधिवेशनको उद्धघाटन परराष्ट्रमन्त्री ज्ञवालीले गर्ने


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष अधिवेशनको उद्धघाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने भएका छन् ।गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार ज्ञवालीले जनवरी २३ र २४ तारिख हुने विषेश अधिवेशनको उद्धघाटन गर्न लागेका हुन् ।

संघका अनुसार सोमवार साँझसम्म विश्वभरका करिब ५० देशका करिब १३ सय जना प्रतिनिधीले आआफ्नो नाम दर्ता गरेका छन् ।सो अधिवेशनमा आर्थिक, वार्षिक र विधान प्रतिवेदनमाथि छलफल गर्ने तयारी गरिएको छ ।सन् २०१९ को अक्टोवरमा सम्पन्न ९ औं महाधिवेशनमा भाग लिएका प्रतिनिधीहरुलाई नाम दर्ता गर्न आगामी मंगलवार सम्मको म्याद तोकिएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघका दुई दर्जन भन्दा बढी राष्ट्रिय समितिले विषेश महाधिवेशनमा आफुहरुले विषेश महाधिवेशनको लागि प्रतिनिधी छान्न पाउनु पर्ने भन्दै संघको नेतृत्व समक्ष निवेदन दर्ता गरेका छन् ।संघले नयाँ प्रतिनिधीहरुको नाम दर्ता बुधवार देखी शुरु गर्ने बताएको छ ।