रेडियो स्पेन नेपालमा तिजका गितहरु मात्र सुनाईने


बार्सिलोना –

रेडियो स्पेन नेपालले आगामी भाद्र १२ गते ( अगस्ट २८) सम्म आफ्नो २४ घण्टे प्रसारणमा तिजका तिज संगित मात्र सुनाउने भएको छ । हरितालिका तिजको अबसरमा बिशेष गरी तिजका गित संगितको मा नै सबैलाई बढी चासो हुने गर्दा अन्य कार्यक्रमहरु भने यथाबत राख्ने गरी गित संगीत सुनाउदा भने तिज सम्बन्धी गित मात्र सुनाउने भएको हो ।

हालसालै बजारमा आएका तिजका सबैजसो नयाँ गितहरु बजाइरहेको र सुन्नको लागि www.spainnepal.com वा www.nepalinepali.com  मा क्लिक गर्नु पर्ने जनाउदै हरितालिका तिजको उपलक्ष्यमा सबै नेपाली समुदायलाई शुभ-कामना ब्यक्त गरेको छ।
“तीजलाई सभ्य र भब्य रुपमा मानाऔ ,भित्रिएका बिकृति र बिसङ्गतिलाई हटाऊ ” भन्दै रेडियोले केही समय अघि मात्र बार्सिलोनामा महिला दिदीबहिनीहरु सँग अन्तरक्रिया तथा बहस कार्यक्रम पनि सम्पन्न गरेको थियो । दरको नाम खर्चिलो गर्ने र तिजकै लागी भनेर महंगा गर-गहना र लत्ता कपडा खरिद गर्ने फेसन नै चली रहेको बेला तिजलाई सामन्य रुपमा मनाउनु पर्छ भन्दै रेडियोले बहस चलाएको थियो ।
तिज पछि भने सम्पूर्ण गित संगितलाई पहिले जस्तै यथाबत रुपमा संचालन गर्ने रेडियो टिमले जनाएको छ।