थप तीन हजार पाँच सय १७ जनामा काेराेना सङ्क्रमण पुष्टि


काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा थप तीन हजार पाँच सय १७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे भएकाे छ । याे सँगै काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या नेपालमा शुक्रबारसम्म १ लाख ६८ हजार दुई सय ३५ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

गएकाे २४ घण्टामा १४ हजार नाै सय ८९ जनाकाे नमुना सङ्कलन भएकाे थियो । त्यस्तै गएकाे २४ घण्टामा चार हजार ९६ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख २८ हजार नाै सय ५८ पुगेको छ ।

अब नेपालमा ३८ हजार तीन सय ५७ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै दुई हजार ६ सय ६६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा कोरोना स‌क्रमणका कार०ा १६ जनाको ज्यान गएकाे छ । याे सँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नाै सय २० पुगेको मन्त्रालयले जनाएकाे छ ।