स्पेनमा अनलाईन नृत्य प्रतियोगिता:-को-को बने सहभागी ?


बार्सिलोना। स्पेनमा हरितालिका तिजको अबसरमा अनलाईन नृत्य प्रतिस्पर्धा सुरु भएको छ। २२ जना प्रतियोगिहरु भिडियो मार्फत सहभागी बन्दै प्रतिस्पर्धामा उत्रिएका हुन्। प्रबासी नेपाली एकता मञ्च स्पेनले सहभागीहरुको भिडियो सामग्री सोमबार फेसबुकमार्फत सार्बजनिक गरिसकेको छ।

प्रतियोगितामा रिचा पन्त (पाईसभास्को),सुमित्रा सिग्देल (म्याड्रिड),दिया भण्डारी (बार्सिलोना),सुस्मिता गिरी (म्याड्रिड),रिस्ता सुनार (बिल्बाउ),श्रिया उपाध्याय (बार्सिलोना),मेरिना सुबेदी (बार्सिलोना),मोनिका खनाल (बार्सिलोना),लिदिया भुसाल (बार्सिलोना),ईसिका अधिकारी (बार्सिलोना) र नविना पुनले  (म्यालेन्सिया) सहभागिता जनाएका छन्। 

यस्तै सिरिसा दाहाल (बिल्बाउ),शिक्षा भट्टराई (बार्सिलोना),नेयसा श्रेष्ठ (बार्सिलोना),सुजता कडेल (बार्सिलोना),सरिता सिग्देल (म्याड्रिड),स्वेता आचार्य (बार्सिलोना),सोनिया भण्डारी (बार्सिलोना),इन्द्रवती श्रेष्ठ (म्याड्रिड),प्रेरेना रिजाला (बार्सिलोना),अनिता कार्की (म्याड्रिड) र  बिबिका गौतम(बार्सिलोना) रहेका छन्।  

फेसबुकमा सेयर भएको भिडियोमा प्राप्त लाईक र सेयरलाई आधार मान्दै  ३० प्रतिशत र बाँकी निर्णायक मण्डलको निर्णयबाट मुल्याङ्कन हुने आयोजकले जनाएको छ। अगष्ट ३० तारिख आईतबार अपरान्ह ४ बजेसम्म प्राप्त लाईक र सेयरलाई मान्यता दिईने बताईएको छ। 

हरेक बर्ष तिज बिशेष कार्यक्रम हुँदै आएको भएपनि यसपटक कोरोना भाईरस प्रकोपका कारण अनलाईन मार्फत कार्यक्रमको निरन्तरता दिन लागेको आयोजकले जनाएको छ। प्रतियोगितामा पहिलो हुनेलाई २ सय १ युरो,दोस्रोलाइ १ सय ५१ युरो र तेस्रो स्थानप्राप्त गर्ने प्रतियोगीलाई १ सय १ युरो नगदसहित प्रमाणपत्रले पुरस्कृत गर्ने मञ्चका महासचिव अशोककिरण न्यौपानेले बताएका छन्।

निर्णायक मण्डलमा चर्चित नृत्य निर्देशक शंकर बिसी,ईनास युरोपका संयोजक शन्त कुमार थापा र बिश्व कलाकार संघ स्पेनका उपाध्यक्ष अजय लोप्चन रहेका छन्।