कर्मफ्लाईट्सले वाग्लुङका कोरोना प्रभावित ९० घरधुरीलाई राहत


बुर्तिबाङ । कर्मफ्लाईट्स फाउण्डेशन पोखरा कास्कीले वाग्लुङ निसीखोलाका कोरोना प्रभावित गरिव, असाहय र अपाङगता भएका नागरिकहरुलाई राहत सामाग्री उपलब्ध गराएको छ ।

फाउण्डेशनले निसीखोला गाउँपालिका वडा नं. २ अर्नाकोटका ९० घरधुरीलाई राहत स्वरुप खाद्यान्न सामाग्री उपलव्ध गराएको हो ।

अर्नाकोट माध्यमिक विद्यालयको सेवा क्षेत्र भित्र बसोबास गर्ने उनिहरुलाई प्रति परिवार ३० केजी चामल, १ केजी नुन, १ केजी दाल, आधा लिटर खाने तेल गरी झण्डै १ लाख ५४ हजार २ सय ५५ रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरिएको फाउण्डेशनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले वताए । उक्त राहत सामाग्री वडा कार्यालयको रोहबरमा एकद्धार प्रणालीबाट वितरण गरिएको जनाइएको थियो ।

त्यसैगरी ६५ हजार वरावरको अत्यावश्यक औषधि तथा स्वास्थ्य उपकरणहरु अर्नाकोट स्वास्थ्य चौकीका अनमी विष्णु कार्कीलाई सो अवसरमा हस्तान्तरण गरिएको कुँवरले वताए ।

सामाजिक क्रियाकलापमा सक्रिय फाउण्डेशनले कोरोना भाईरस रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित बनेका गरिव, मजदुर तथा अति विपन्नहरुलाई सहयोग पु¥याउने उद्धेश्यले राहत सामाग्री वितरण गरिएको जनाएको छ ।

कार्यक्रममा वडा अध्यक्ष कुविर विश्वकर्मा, अर्नाकोट माध्यमिक विद्यालयका प्र.अ. बेग बहादुर कँुवर सहित स्थानिय समाजसेवी, बुद्धिजिवीहरुको विशेष उपस्थीती रहेको थियो ।

कर्मफ्लाईट्सको सो अभियानमा वेलायतमा रहेको नेपालिज च्यारिटीले सहकार्य गरेको र केहि दिन भित्र ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्यवम्सेवीकाहरुलाई माक्स, सेनिटाईजर, पन्जा लगाएतका सामाग्रहरु वितरण गर्ने कार्यक्रम रहेको पनि कुँवरले वताएका छन् ।