स्पेनमा शनिवारदेखि हिडडुल तथा ब्यायम गर्न अनुमति (ग्राफिक्स सहित)


बार्सिलोना। कोरोनाभाइरस महामारीबाट अत्यन्त प्रभावित मध्येको एउटा देश स्पेनले लकडाउनलाई बिभिन्न चार चरणमा खुकुलो पार्ने जनाएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले लकडाउनलाई बिभिन्न ४ चरणमा खुकुलो बनाउने घोषणा गरेका हुन्। 

मे २ तारिख शनिवारदेखि पैदल यात्रा (हिडडुल) तथा ब्यायम गर्न अनुमति दिईएको छ। विभिन्न उमेर समुहलाई फरक समयमा बाहिर निस्कन दिने समय तालिका सार्वजनिक गरिएको हो। 

 १५ देखि ६९ बर्ष उमेर समुहलाई बिहान ६ बजे देखि १० बजेसम्म र राति ८ देखि ११ बजेसम्म समय छुट्टाईएको छ। तर उनीहरु प्रत्येक दिनको एकपटक एक घण्टासमयसम्म १ किलोमिटर क्षेत्र वरपरमात्र हिडडुल तथा व्यायम गर्न सक्नेछन्। यस्तै ७० बर्ष माथिको उमेर समुहले एक्लै वा कसैको सहयोग लिएर बिहान १० देखि मध्यान्ह १२ र  साँझ ७ देखि ८ बजेसम्म बाहिर निस्कने सकिने सूचना सार्बजनिक गरिएको छ। 

स्पेनमा कोराना भाइरस नियन्त्रणको प्रयास सकारात्मक दिशातर्फ गइरहेको बेला लकडाउनलाई खुकुलो पार्ने नीति अघि सारिएको हो। यसअघि छ सातापछि बालबालिकालाई घरबाट बाहिर निस्कने अनुमति दिएपछि गत आइतवारदेखि  स्पेनमा कैयौँ बालबालिकाहरू आफ्नो घरबाट बाहिर निस्किएका थिए। यसबारे प्रकाश तिवारीले तयार पारेको एक ग्राफिक्स प्रस्तुत गरिएको छ।