एनसीसीको नाम दुरुपयोग गरिएकोमा एनआरएनए स्पेनको गम्भिर ध्यानकार्षण


बार्सिलोना। कुनै पनि जानकारी नदिई एनसीसीको नाम दुरुपयोग गरिएकोमा एनआरएनए स्पेनले गम्भिर ध्यानकार्षण भएको जनाएको छ। एनआरएनए राष्ट्रिय समन्वय परिषद स्पेनले मंगलबार एक बिज्ञप्ति जारी गर्दै “वान-एनसीसी वान-प्रोजेक्ट कार्यदल” मार्फत राहत बितरणभन्दै एनसीसीको नामको चरम दुरुपयोग भएको ठहर बिज्ञप्तिमार्फत गरेको हो। 

संघले बिज्ञप्तिमा लेखेको छ,”एनआरएनए स्पेनलाई कुनै पनि जानकारी नदिई एनसीसीको नाम जोडिएको कार्यप्रति हाम्रो घोर आपत्ति छ। यस्तो गलत शैलीबाट राहत बितरण गर्दा आर्थिक पारदर्शितामाथि नै प्रश्न चिन्ह खडा हुने मात्र नभई एनआरएनए नामकै  चरम दुरुपयोग भएको हाम्रो ठहर छ।”

यस्ता गतिविधिले आर्थिक अनियमितता लगायतका प्रकृयागत सवालहरुप्रति एनआरएनए स्पेन जवाफदेही नहुने भन्दै संघले गलत क्रियाकलापबाट सजग रहन नेपाली समुदायमा अनुरोध समेत गरेको छ।

संघले जारी गरेको बिज्ञप्ति जस्ताको तस्तै :-