विहिबार देखि पोखरामा सुरु हुने आहा रारा गोल्ड कपको तयारी पूरा


पोखरा- विहिबार देखि पोखरामा सुरु हुने १८ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । चैत एक गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको सहारा क्लवले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

विहिबारको उद्घाटन खेलमा आयोजक सहारा क्लवसंग ब्रिगेड ब्वाइज क्लव बिच प्रतिष्प्रर्धा हुने भएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन रुसलान थ्रिस्टार क्लब सहित १० टिमको सहभागिता रहने भएको क्लवले जनाएको छ ।

आयोजक सहाराको टिम यसपाली पनि दुई विदेशी सहित अधिकांश पोखरेली खेलाडीहरु समावेस गरिएको अध्यक्ष थापाले जनाए । क्लवले खेल तालिका समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । उद्घाटन खेलको विजेताले समुह ए कै विभाचगिय टिम नेपाल पुलिससंग सामना गर्ने भएको छ ।

फागुन २३ गते समुह बी तर्फ सशस्त्र प्रहरी बलको एपिएफ बिरुद्ध झापा ११ फुटवल क्लव बिच खेल हुने भएको छ । यस खेलको विजेताले मनाङ मस्र्याङदी क्लवसंग क्वाटरफाइनल खेलमा फागुन २५ गते प्रतिष्प्रर्धा गर्ने भएको छ । समुह बीकै संकटा क्लव बिरुद्ध त्रिभुवन आर्मी क्लव बिच फागुन २७ गते प्रतिष्प्रर्धा हुने भएको छ । त्यसै गरी समुह एक तर्फ भारतको गान्टोक सिटी फुटबल क्लव संग थ्रि—स्टार क्लव बिच फागुन २६ गते प्रतिष्प्रर्धा हुने भएको छ ।

उक्त प्रतियोगिताको पुरस्कार राषिमा यस बर्ष बृद्धि गरिएको छ । पुरस्कार राषिमा बृद्धि गरी प्रतियोगिताका बिजेतालाई ३ लाख नगद पुरस्कार बृद्धि गरी १० लाख एक हजार रुपैया साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने भएको अध्यक्ष थापाले बताए । त्यसै गरी उपविजेतालाई एक लाख ५० हजार बृद्धि गरी ५ लाख १ हजार रुपैया साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गनिरे भएको छ । यस अघि प्रतियोगिताका बिजेताले ७ लाख एक हजार र उपविजेताले ३ लाख ५० हजार रुपैया प्राप्त गरेका थिए ।

उक्त प्रतियोगिता सम्पन्न गर्न ९९ लाख ३८ हजार ५ सय रुपैया खर्च हुने क्लवले जनाएको छ । प्रतियोगिताबाट एक करोड १८ लाख १ हजार रुपैया आम्दानी गर्ने लक्ष्य राखिएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । उनका अनुसार प्रतियोगिताबाट बचत हुने १९ लाख रुपैया सहारा एकेडेमीको लागि खर्चिने भएको छ ।

खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने उद्धेश्यका साथ आयोजना हुने प्रतियोगितालाई हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने भएको हो । सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट यस बर्ष सुजल श्रेष्ठलाई सम्मान गरिने भएको छ । उक्त पुरस्कारको राषि ३५ हजार नगद सहित प्रमाण—पत्रको साथमा दोसल्ला रहेको छ । क्लवले यस बर्ष पुरस्कार राषिमा बृद्धि गरेसंगै दर्शकहरुसंग समेत केही शुल्क बृद्धि गरेको छ । प्रि—क्वाटरफाइनल खेल अवलोकन गरेको प्रति दर्शक एक सय, क्वाटरफाइनलको १ सय ५०, सेमिफाइनलको २ सय र फाइनल खेलको भने २ सय ५० रुपैया शुल्क निर्धारण गरिएको क्लवले जनाएको छ ।

यस अघि क्लवले प्रिक्वाटरमा दर्शक टिकट शुल्क ८० देखि फाइनलमा २ सयसम्म गरेको थियो । क्लवले प्रतियोगिताको अवधिमा एक लाख मुल्य बराबरको रारा तयारी चाउचाउ वितरण गर्ने भएको छ । प्रतियोगिता अवधिभर टिकट काटेर फुटवल हेर्ने दर्शकहरु मध्य एक जनालाई बम्पर उपहार स्वरुप सि.जि.इलेक्ट्रोनिक प्रा.लि.(चौधरी ग्रुप) बाट एक थान एल.जी.टि.भी. वितरण गरिने भएको प्रतियोगिता संयोजक हरिराम गुरुङले बताए । सहारा फूटवल एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरु रहेकाछन्। हिमश्री फुड्स प्रालिका अध्यक्ष एवं सांसद सुर्य बहादुर केसीले क्लवले सामाजिक कार्य सहित निरन्तर रुपमा आहा रारा गोल्ड कप गर्दै आएकोमा खुसि ब्यक्त गर्दै आगामी दिनमा पनि प्रतियोगिता सफल पार्न साथ दिने बताए । उनले आहा राार गोल्ड कप जस्तै पोखरामा ट्रायथलन आयोजना गर्ने इच्छुक क्लवले आफुहरु समक्ष प्रस्ताव गर्न आग्रह गरे । उनले भने“ पोखराको फेवाताल, बेगनास सहितका यस क्षेत्रको प्रबद्र्धन समेत गर्ने गरी छिमेकी सात राष्ट्रका खेलाडीहरु लाई समेट्ने गरी कुनै क्लवले आयोजना गर्नुहुन्छ भने हामीसंग आउनुहोस हामीले सहयोग गछौं । ” सहारा युकेका उपाध्यक्ष ल्या.कुसान गुरुङले आहा रारा गोल्ड कप आफुहरुको लागि एक पर्व उत्सवको रुपमा मनाउन युकेबाट जम्बो टिम आउने गरेको जनाए ।