घरेडी घोथाने १२ भाई चेलीवेटी कोष स्थापना


पोखरा । पोखरा महानगरपालिका वाड नं. २२ अन्तर्गत कालावाङ घरेडीमा अवस्थित घरेडी घोथाने १२ भाईका छोरी चेलीहरुको पहिलो भेलाले बुद्धिमाया गुरुङको अध्यक्षतामा ११ सदस्य कार्य समिति २ बर्षको लागि सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्याक्षमा बिना गुरुङ, सचिवमा शर्मिला गुरुङ, कोषाध्याक्षमा शुष्मा गुरुङ, सहसचिवमा पूजा गुरुङ, सहकोषाध्यक्षमा जौमाया गुरुङ, सदस्यहरुमा शुसिला गुरुङ, बिजयलक्ष्मी गुरुङ, लक्षिणदेवी गुरुङ, फुलमाया गुरुङ र चुर्णकुमारी गुरुङ चयन भएका छन् ।
त्यसै गरी सल्लाहाकारमा सदस्य क्रमसः दुर्गा देवी (बज्यैनानी) गुरुङ, नन्दुसुवा गुरुङ, छल्वी गुरुङ, बसन्ती गुरुङ, हुमकुमारी गुरुङ रहेका छन्।

सो अवसरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. २२ कालाबाङ घरेडी माइत भई विभिन्न गाँउ जिल्ला नेपाल लगायत बिदेशमा बिवाह बन्धनमा बसी परिवारिक जिवन बिताईरहेको समय (बेला) मा एकचेली अर्को चेली विच परिचय सहित पारिवारिक नाता बिषयक एक दिने अन्तकृया तथा छलफल कार्यक्रम समेत गरीएको थियो ।

सो कार्यक्रममा दुर्गादेवी गुरुङ (बज्यैनानी) शुष्मा गुरुङ, मिना गुरुङ, शर्मीला गुरुङ र रष्मिता गुरुङ बिच पाँचौ पूस्ता एक आपसमा रहेको औपचारिक जानकारी गराईएको थियो ।

साथै भेलाले एकचेलीले अर्को चेलीमा भैपरि आउने दुःख, बिरामी भै उपचार गर्न आर्थीक अभाव हुन नदिनका लागि तथा सामाजीक सद्भाव, जातिय एकता कायम गर्ने र माइत घर आँगनमा परेका दुःख पिर मर्कामा सहकार्य समन्वयका निम्ति १२ भाई चेलीवेटी कोष खडा गरेको भेलाका सहजकर्ता शि हुवा फू ताङका इन्चार्ज यामबहादुर गुरुङले वताए ।