ईनास यूरोपस्तरीय आठौँ नृत्य तथा पाचौं गायन प्रतियोगिका नियम सार्वजनिक 


१४ जनवरी, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले  हरेक बर्ष आयोजना गर्दै आएको युरोपस्तरीय कार्यक्रम मध्यको नृत्य तथा गायन प्रतियोगिताका लागि नियमहरु सार्वजनिक गरेको छ। 

आगामी अप्रिल महिनाको ३ र ४ तारिख जर्मनीको म्युनिखमा हुने कार्यक्रम आठौँ यूरोप महादेशस्तरीय एकल नेपाली नृत्य एवं पाचौं गायन प्रतियोगिता सहित आठौँ यूरोप क्षेत्रीय बैठक पनि आयोजना गरिएको छ।

युरोपमा नयाँ प्रतिभा प्रस्फुटनका निम्ति सुनौलो मंच बन्दै आएको ईनासको यस बृहत कार्यक्रममा कलाकारहरुले यूरोपका बिभिन्न राष्ट्रहरुबाट सहभागिता जनाउने छन्। 

ईनासको यस युरोप स्तरीय बिशेष कार्यक्रममा भाग लिने कलाकारहरुले आफु रहेको ईनास राष्ट्रिय समितिमा सम्पर्क राखी अडिसनमा भाग लिएर छनौट हुनु पर्नेछ।साथै कार्यक्रममा सहभागिताको लागि आवेदन बुझाउने अन्तिम मिति मार्च ५ तारिखलाई तोकेको हुदाँ युरोप स्थित विभिन्न राष्ट्रमा भएका नव प्रतिभा कलाकारहरुलाई यथासक्य छिटो ईनासका राष्ट्रिय समितिहरुमा सम्पर्क गर्न अनुरोध गरिएको ईनास युरोपका संयोजक सन्त कुमार थापा मगरले जनाएका छन्। त्यसैगरि यदि ईनास गठन नभएको युरोपेली राष्ट्रबाट सहभागिता जनाउन चाहने कलाकारहरुले ईनास युरोपलाई सिधै inaseurop@gmail.com मा सम्पर्क गर्न सक्ने पनि संयोजक थापाले जनाएका छन्। 

अनिवार्य रुपमा नेपाली भाषाको गीत र नृत्य प्रस्तुत गर्नुपर्ने प्रतियोगितामा ईनासले प्रतियोगितामा भाग लिने प्रतियोगीलाई ३ र ४  अप्रिल गरि दुई दिन खाने र बस्ने समेत व्यवस्था गर्नेछ।

यसपटक हुने ईनास युरोपको आठौँ नृत्य तथा पाचौं गायन प्रतियोगितामा प्रथम हुने कलाकारलाई इनास युरोप महादेशको लागि एक बर्ष कायर्काल रहने गरि  इनासको अवैतिनक मानार्थ सदभावना दूत नियुक्त गरिनुका साथै “इनास युरोप नेपाली डान्सिङ्ग/सिङ्गिङ्ग स्टार २०२०” को उपाधि सहित नगद ७०१ युरो, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो र तेश्रो हुने कलाकारलाई “इनास युरोप नेपाली डान्सिङ्ग स्टार फस्ट रनर अप २०२०” र “इनास युरोप नेपाली डान्सिङ्ग स्टार सेकेन्ड रनर अप २०२०” को बिशेष उपाधि सहित क्रमश: ७०१ युरो, ५०१ युरो र ३०१ युरो नगद, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ भने अन्य सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै मायाको चिनो, स्वरुप ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ । 

बेल्जियम, जर्मनी, अष्ट्रिया, फ्रान्स, नेदरल्याण्ड, पोल्याण्ड, चेक रिपब्लिक, स्पेन, इटाली, यूके, डेनमार्क, स्विडेन, स्विट्जरल्याण्ड, नर्वे, फिनल्याण्ड लगायतका मुलुकहरुबाट कलाकार, साहित्यकार, कला साहित्यप्रेमीहरु, कूटनैतिक निकायका पदाधिकारीहरु र विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थितिमा आयोजनाहुने यस कार्यक्रममा नृत्य तथा गायन प्रतियोगितामा सहभागी हुन चाहने कलाकारहरुले तल उल्लेखित नियमहरुको पालना गर्नुपर्ने छ। 

नृत्य तथा गायन प्रतियोगिता सम्बन्धी नियमहरु यसप्रकार हुनेछन

नृत्यतर्फ
१. प्रतियोगीले आफ्नो नृत्य नेपाली भाषाको गीतमा प्रस्तुत गर्नुपर्नेछ ।
२. नृत्य एकल हुनुपर्नेछ ।
३. प्रतियोगीले आफूले नृत्य गर्ने  गीत आफैले छनौट गर्नुपर्नेछ ।
४. प्रतियोगितामा महिला वा पुरुष दूवैले भाग लिन पाउनेछन ।
५. प्रतियोगितामा प्रतियोगीको उमेर कम्तिमा १३ बर्ष  वा सो भन्दा माथि हुनुपर्नेछ ।
६. प्रतियोगितामा संस्थागतरुपमा समेत भाग लिन पाईनेछ । तर संस्थागत प्रतियोगीको हकमा भने संस्थागत-पत्र हुनु जरुरी छ।
७. नृत्य गर्ने गीतको समय बढिमा ४ (चार) मिनेटको हुनुपर्नेछ ।
८. नृत्य गर्दा चाहिने सम्पूर्ण आवश्यक सामाग्री प्रतियोगी आफैले व्यवस्था गर्नुपर्नेछ ।
९. प्रतियोगीले लोक (झ्याउरे), टप्पा, मारुनी, सोरठी, चुट्का, देउडा, हुट्क्यौली आदि लगायतका नेपालका सबै लोक नाचहरु तथा मन्जुश्री, कुमारी, भैरव, साकेला, घाटु लगायतका परम्परागत लोक नाच तथा लोक भाकामा बनाइएका नेपाली चलिचत्रका लोक गीतहरु इत्यादी० र आधुनिक ९नेपाली पप, आधुनिक,जाज (Jazz), ब्रेक र रिमिक्स जस्ता आधुनिक गीतहरु० गरी दूई ओटा विधाका गीतमा अनिवार्य नृत्य गनुपर्नेछ ।
१०. प्रतियोगितामा भाग लिन चाहनुहुने प्रतियोगीले २ वटा पासपोर्ट साईजको फोटोसहित आयोजकद्वारा उपलब्ध गराईने फाराम भरि बुझाउनुपनेर्छ । दरखास्त फाराम तोकिएका सम्पर्क व्यक्तिहरु तथा युरोप स्थित अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) का राष्ट्रिय समितिहरुबाट निशुल्क प्राप्त गर्न सकिनेछ।  
१. एक देशबाट बढीमा दुई जनासम्म प्रतियोगीहरुले प्रतियोगितामा भाग लिन पाउनेछन ।
१२. प्रतियोगीले प्रतियोगिताको लागि छनौट गरेको गीतको बोलसम्वन्धी सम्पूर्ण जानकारी निबेदनका साथ उपलब्ध गराउनुपर्नेछ ।
१३ प्रतियोगीले आवेदन फारामका साथमा आवेदन शूल्क वापत यूरो ५० (युरो पचास) बुझाउनु पर्नेछ ।
१४. सहभागिताको लागि निबेदन बुझाउने अन्तिम मिति ५ मार्च, २०२० (5th March 2020) सम्म हुनेछ।
१५. प्रतियोगी कुनै कारणले प्रतियोगितामा भाग लिन नसक्ने भएमा प्रवेश शुल्कको रुपमा लिएको दस्तुर फिर्ता गरिने छैन।
१६. मादक पदार्थ सेवन गरेर आउने प्रतियोगिलाई प्रतियोगितामा समावेश गरिने छैन ।
१७. प्रतियोगितामा भाग लिने प्रतियोगिलाई ३ र ४ अप्रिल गरि दुइ दिन खाने र बस्ने ब्यबस्था गरिनेछ।  तर अन्य सम्पूर्ण व्यवस्था प्रतियोगीले आफैंले गर्नुपर्नेछ।
१८. नृत्यको मूल्याङ्कन गर्दा गीत अनुसारको भेष-भुषा, हाउ-भाउ, सुरुवात र अन्त्य लगायतलाई आधार मानिनेछ ।
१९. प्रतियोगितामा प्रथम हुने कलाकारलाई इनास युरोप महादेशको लागि एक बर्ष कायर्काल रहने गरि  इनासको अवैतिनक मानार्थ सदभावना दूत (INAS Europe Goodwill Ambassador) नियुक्त गरिनुका साथै “इनास युरोप नेपाली डान्सिङ्ग स्टार २०२०” (INAS Europe Dancing Star 2020) को उपाधि सहित नगद ७०१ युरो (युरो सात सय एक), ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो र तेश्रो हुने कलाकारलाई “इनास युरोप नेपाली डान्सिङ्ग स्टार फस्ट रनर अप २०२०”  (INAS Europe Dancing Star 1st Runner up 2020)  र “इनास युरोप नेपाली डान्सिङ्ग स्टार सेकेन्ड रनर अप २०२०” (INAS Europe Dancing Star 2nd Runner up 2020)  को बिशेष उपाधि सहित क्रमश ७०१ युरो (युरो सात सय एक), ५०१ युरो (युरो पाँच सय एक) र ३०१ युरो (युरो तीन सय एक) नगद, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ भने अन्य सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै प्रमाण-पत्र प्रदान गरिने छ। साथै विजयीहरुलाई इनास आफैले आयोजना गर्ने वा अन्य राष्ट्रिय र अन्तराष्ट्रियस्तरका कायर्क्रमहरुमा प्रस्तुतिको लागि अवसर प्रदान गरिनेछ र चलिचत्र, म्युजिक भिडियोहरुमा समेत अभिनयको लागि अवसर प्रदान गर्ने सम्बन्धमा आवश्यक पहल गरिनेछ।
२०. प्रतियोगिताको मूल्यांकन र निर्णयको लागि एक निर्णायक समिति रहनेछ र उक्त समितिले गरेको निर्णय नै अन्तिम निर्णय हुनेछ

गायनतर्फ

१. प्रतियोगीले गाउने गीत नेपाली भाषाको हुनु पर्नेछ।
२. गायन एकल हुनुपर्नेछ।
३. प्रतियोगीले आधुनिक र लोक गरि  दूई ओटा गीतहरु गाउनु पर्नेछ ।
४. प्रतियोगिलाई एउटा गीत प्रस्तुत गर्न बढीमा ४ ९चार० मिनेट समय प्रदान गरिनेछ ।
५. आधुनिक गीत म्युजिक ट्रयाकमा गाउन सक्नेछन् तर लोकगीत भने प्रत्यक्ष वाद्यवादनमा गाउनुपर्नेछ, साथै लोक गीत प्रस्तुत गर्दा गीतलाई सुहाँउदो नेपाली भेषभुषा सहितको पहिरनलाई सराहना गरिनेछ ।
६. प्रतियोगीहरुले प्रस्तुत गर्ने गीत आफैंले छनौट गर्नुपर्नेछ।
७. कम्तिमा १३ बर्ष उमेर पुरा भएका नेपाली भाषी महिला तथा पुरुष जो सुकैले पनि प्रतियोगितामा भाग लिन पाउनेछन।
८. प्रतियोगितामा व्यक्तिगत वा संस्थागत रुपले भाग लिन पाइनेछ तर संस्थागत प्रतियोगीको हकमा भने संस्थागत पत्र हुनु जरुरि छ।
९. लोक गीतको लागि वाद्यवादन (मादल र हारमोनियम वा किबोर्ड मध्ये एक) आयोजकबाट उपलब्ध हुनेछ। तर आधुनिक गायनको लागी आफूले गाउने गीतको म्युजिक ट्रयाकको ब्यबस्था प्रतियोगी आँफैले गर्नुपर्नेछ। साथमा प्रतियोगीले आवश्यक परेमा कोरस गायक,गायिका तथा  बाद्यबाधनका सामग्री आफैले व्यवस्था गर्न पाउनेछन।  
१०. एक देशबाट बढीमा दुई जनासम्म प्रतियोगीहरुले प्रतियोगितामा भाग लिन पाउनेछन।
११. प्रतियोगितामा भाग लिन चाहनुहुने प्रतियोगीले २ वटा पासपोर्ट साईजको फोटोसहित आयोजकद्वारा उपलब्ध गराईने फाराम भरि बुझाउनुपनेर्छ । दरखास्त फाराम तोकिएका सम्पर्क व्यक्तिहरु तथा युरोप स्थित अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) का राष्ट्रिय समितिहरुबाट निशुल्क प्राप्त गर्न सकिनेछ।
१२. प्रतियोगीले प्रतियोगिताको लागि छनौट गरेको गीतको बोल सम्वन्धी सम्पूर्ण जानकारी निबेदनका साथ उपलब्ध गराउनुपर्नेछ ।
१३. प्रतियोगीले आवेदन फारामका साथमा आवेदन शूल्क वापत यूरो ५० (युरो पचास) बुझाउनु पर्नेछ ।
१४. सहभागिताको लागि निबेदन बुझाउने अन्तिम मिति ५ मार्च, २०२० (5th March 2020)  सम्म हुनेछ।
१५. प्रतियोगी कुनै कारणले प्रतियोगितामा भाग लिन नसक्ने भएमा प्रवेश शुल्कको रुपमा लिएको दस्तुर फिर्ता गरिने छैन।
१६. मादक पदार्थ सेवन गरेर आउने प्रतियोगिलाई प्रतियोगितामा समावेश गरिने छैन ।
१७. प्रतियोगितामा भाग लिने प्रतियोगिलाई ३ र ४ अप्रिल गरि दुइ दिन खाने र बस्ने ब्यबस्था गरिनेछ।  तर अन्य सम्पूर्ण व्यवस्था प्रतियोगीले आफैंले गर्नुपर्नेछ।
१८. गायनको मूल्याङ्कन गर्दा गीत अनुसारको सुर, ताल-नोटेशन, टाइमिङ्ग लगायतका गायन प्रतियोगिता मुल्यांकन सम्बन्धि प्रचलित नियमलाई आधार मानिनेछ। 
१९. प्रतियोगितामा प्रथम हुने कलाकारलाई इनास युरोप महादेशको लागि एक बर्ष कायर्काल रहने गरि  इनासको अवैतिनक मानार्थ सदभावना दूत (INAS Europe Goodwill Ambassador) नियुक्त गरिनुका साथै “इनास युरोप नेपाली सिङ्गिङ्ग स्टार २०२०” (INAS Europe Singing Star 2020) को उपाधि सहित नगद ७०१ युरो (युरो सात सय एक), ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो र तेश्रो हुने कलाकारलाई “इनास युरोप नेपाली सिङ्गिङ्ग स्टार फस्ट रनर अप २०२०”  (INAS Europe Singing Star 1st Runner up 2020)  र “इनास युरोप नेपाली सिङ्गिङ्ग स्टार सेकेन्ड रनर अप २०२०” (INAS Europe Singing Star 2nd Runner up 2020)  को बिशेष उपाधि सहित क्रमश ७०१ युरो (युरो सात सय एक), ५०१ युरो (युरो पाँच सय एक) र ३०१ युरो (युरो तीन सय एक) नगद, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ भने अन्य सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै प्रमाण-पत्र प्रदान गरिने छ। साथै विजयीहरुलाई इनास आफैले आयोजना गर्ने वा अन्य राष्ट्रिय र अन्तराष्ट्रियस्तरका कायर्क्रमहरुमा प्रस्तुतिको लागि अवसर प्रदान गरिनेछ र चलिचत्र, म्युजिक भिडियोहरुमा समेत अभिनयको लागि अवसर प्रदान गर्ने सम्बन्धमा आवश्यक पहल गरिनेछ।
२०. प्रतियोगिताको मूल्यांकन र निर्णयको लागि एक निर्णायक समिति रहनेछ र उक्त समितिले गरेको निर्णय नै अन्तिम निर्णय हुनेछ।