बेलायतका चर्चित नेपालीहरुको सूची प्रकाशित


लन्डन — लंडनबाट नेपालीहरूद्वारा संचालित अंग्रेज़ी अनलाइन साउथ एशिया टाइमले आफ़्नो पहिलो वार्षिक उत्सवको अवसर पारेर  बेलायतमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्ने नेपालीहरूको सूची प्रकाशित गरेको छ ।

कसैलाई मूल्याँकन अनि रयांकिंग गरेर तह विभाजन गर्ने, कसैलाई उछाल्ने या पछार्ने भन्दा सामाजिक संजाल, प्रकाशित देखिने विवरणहरूका आधारमा बेलायतको नेपाली समाजमा योगदान गरिरहेका व्यक्तित्वहरूको सूची तयार गरीएको र यसलाई साउथ एशिया  टाइमको सम्मान लिस्टको रुपमा बुझीदिन सम्पादक जगन कार्कीले अनुरोध गरे । संकलित नामहरूबाट निर्धारित मूल्याँकन समितिले विविध मापदण्डको आधारमा समावेसी रूपमा सूचीलाई अन्तिम टुंगो लगाएको बताइएको छ । 

“अपेक्षाकृत रूपमा नयाँ आप्रवासी समुदाय भए पनि बेलायतमा बसोबास गरिरहेका नेपालीहरुले विभिन्न क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेका छन् । उनीहरुको उपलब्धिको पहिचान र सम्मान गर्ने तथा ब्रिटिश समुदायलाई जानकारी पनि दिलाउने उद्देश्यले यो सूची तयार गरी प्रकाशित गरिएको हो,”  साउथ एशिया टाइमका कार्यकारी सम्पादक डा. कृष्ण उपाध्यायले भने ।

सूचीमा सफल उद्यमी, समाजसेवी, युवा प्रेरणा, स्थानीय राजनीति, सार्वजनिक सेवा, सफल पेशाकर्मी तथा असाधारण योगदान गर्नेहरूको छुट्टाछुट्टै सूची प्रस्तुत गरीएको छ । 

त्यसैगरी जनवरी महीनाको अंतिम साता साउथ एशिया टाइमको आयोजनामा “प्रवासीहरूको उद्यमसिलता, आर्थिक निर्भरता र  मानव अधिकार” विषयक विचार गोष्ठी आयोजना गरिने भएको छ ।

आफ़्नो वर्षगाँठको अवसर पारेर साउथ एशिया टाइम आनलाइनले नेपाल भ्रमण वर्षलाई लक्षित गरी ब्लग, कविता र निबन्ध प्रतियोगिता पनि गर्ने भएको छ । प्रतियोगितामा भाग लिन नेपालको पर्यटन सम्बन्धी लेख रचना सामग्री अंग्रेजिमा हुनुपर्ने छ । आगामी एप्रिल महीनासम्ममा आएका लेख,  रचना प्रकाशित गर्दै जाने र सबैभन्दा बढ़ी लाइक, शेयर र भ्युज भएका ३ सामग्रीहरूलाई पुरस्कृत गरिने बताइएको छ ।

सूचीको लिंक जस्ताको तस्तै:

SOUTH ASIA TIME List of Successful British Nepalese in the UK 2020