हेमजामा अनाम परिधिको परिचर्चा


हेमजा । हेमजा साहित्य प्रतिष्ठानको आयोजनामा हुने मासिक रुपमा सञ्चालन हुदै आएको शुभप्रभात काब्यमालाको १९९ औ श्रृंखला शुक्रबार सम्पन्न भएको छ ।

प्रा.ज्ञा सुर्य खड्का बिखर्जीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष एवं सल्लाहाकार जनार्दन शरण त्रिपाठी, शोभाकर तिमिल्सिना र पत्रकार असफल गौतमले आफनो भनाइ राखेका थिए ।

सस्थाका उपाध्यक्ष छन्दमणी त्रिपाठीले स्वगत गरि सुरु गरिएको कार्यक्रममा आर्या त्रिपाठी, शिब त्रिपाठी, सास्त्र निदी, बिष्णु बास्तोला, बालकृष्ण शर्मा, बिष्णु प्र पराजुली, गोबिन्द पराजुली, पोषराज पौडेल लगाएतले आफनो रचना प्रस्तुत गरेका थिए ।

उक्त अबसरमा कथाकार रीता ताम्राकारको नबीनतम चौथो कथाकृति अनाम परिधिको परिचर्चा गरिएको थियो । उक्त काथाकृतिको लक्ष्मी थापाले परिचर्चा गरेकी थिइन ।

सस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब बसन्त बाँस्तोलाले गरेका थिए ।