सञ्चय कोष पोखराले ५८ औं वार्षिकोत्सव मनायो


कृष्ण रानाभाट/पोखरा । कर्मचारी सञ्चय कोष शाखा कार्यालय पोखराले मंगलबार ५८ औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सव समारोहको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य सचिव हरिप्रसाल वस्यालले उद्घाटन गर्दै राष्ट्रसेवक कर्मचारीहरुले जिवनभरी मेहनत गरेर कमाएको रकमको सही स्थानमा सञ्चय गर्न सकौं भन्ने चाहना हुन्छ त्यसकारण कोषमा आफ्नो रकम असुरक्षित छ कि भन्ने भावना मनमा आउन दिनु नहुने वताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशबहादुर केसीले समय र प्रविधिसंगै कार्य प्रणाली परिवर्तन गर्न सुझाव दिदैं मुलुक संघीयतामा गइसकेकाले सोही अनुरुप कोषले नागरिकलाई सुविधा दिनुपर्ने वताए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, ओम डेभलपमेन्ट वैंक कास्कीका सिइयो विश्व मोहन अधिकारी, कर्मचारी युनियन कास्कीका सचिव तथा नापी कार्यलय पोखराका प्रमुख खिमलाल गौतम, का.मु. उपप्रबन्धक रामप्रसाद अधिकारी लगाएतले वोलेका थिए ।

वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको खेलकुद प्रतियोगितामा प्रथम, दितिय र तृतिय हुने कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो ।

सञ्चय कोष पोखराका प्रमुख दिलिपराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहायक प्रबन्धक पारसमणि भण्डारीले गरेका थिए ।