विरौटा क्लबको अध्यक्षमा भट्टराई, विभिन्न व्यक्ति सम्मानित


पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको विरौटा क्लबको दशौं साधारण सभा तथा सातौं अधिवेशनले डि.आर.भट्टराईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

क्लबको उपाध्यक्षमा पवित्रमणि पोखरेल, सचिवमा शोभाकान्त पौडेल, सह–सचिवमा दिवाकर पौडेल, सदस्यहरुमा सरीता बराल, राज बहादुर नेपाली, श्रृजना शर्मा आचार्य, गोविन्द बराल, सविता भण्डारी सुवेदी र मेनका पौडेल सर्वसम्मत रुपमा रहेका छन् ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले क्लव र महानगरपालिका विच सहकार्य गरी विकास निमार्ण गनुपर्ने वताए । यसैगरि विशेष अतिथि वडा नंं. १७ का वडाध्यक्ष तिर्थराज अधिकारीले वडाका सामाजिक गतिविधिमा सहकार्य गर्ने प्रतिवद्धता जनाए । क्लबका संस्थापक अध्यक्ष खगराज अधिकारीले संस्थाको सामुहिक गतिविधि माथि प्रकाश पारेका थिए ।

क्लवका पुर्व अध्यक्ष भेषराज बरालको संयोजकत्वमा चिरञ्जिवी पोखरेल र शोभा पौडेल रहेको निर्वाचन समितिले सर्वसम्मत निर्वाचन गरेको हो ।

सो अवसरमा विभिन्न क्षेत्रबाट जेष्ठ नागरिक समाजसेवी लिलाभक्त आचार्य, भोजराज भाट, सुष्मा पौडेल, रञ्जन अधिकारी, मोहन बराल र एस.ई.ई परिक्षामा सर्वकृष्ट भएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

सभामा समाजसेवी लिलाभक्त आचार्य, राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल सुनकली वृतचित्रका निर्देशक भोजराज भाट, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवी पोख्रेल, जग्गादाता यदुप्रसाद वराल र पत्रकार सुष्मा पौडेलले मन्तव्य रोखका थिए ।

क्लवका अध्यक्ष सुर्य बरालको अध्यक्षयतामा भएको कार्यक्रममा उपाध्यक्ष डि.आर भट्टराइले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन क्लवका सचिव पवित्रमणि पोखरेल गरेका थिए ।