भानुभक्त आचार्यको जन्म जयन्तीकाे अवसरमा फ्रान्समा कार्यक्रम हुने


पेरिस-फ्रान्सका केही साहित्यकार तथा साहित्य प्रेमी मिलेर केही महिना अघि स्थापित “नेपाली साहित्यिक मञ्च फ्रान्स” ले आदिकबि भानुभक्त आचार्यको जन्म जयन्तीकाे अवसरका कार्यक्रम अायाेजना गर्दैछ ।
नेपाली साहित्यिक मञ्च फ्रान्सले नेपाली र नेपालका बिभिन्न भाषा साहित्यको प्रबर्धन गर्ने, मानिस भित्र रहेको सृजनशीलतालाई साहित्यको माध्यमबाट प्रस्फुरण गर्ने वातावरण बनाउने, रचनाहरु समय समयमा सामूहिक पाठ गरेर साहित्यिक रसास्वादन गर्ने, नेपाली तथा नेपाली मूलका बालबालिकाहरुलाई नेपाली भाषा साहित्य तथा सस्कृतिप्रति अभिरूची बढाउने खालको कार्यक्रमहरु आयोजना गर्ने, नेपाल- फ्रान्सको बिबिध बिषय समेटर बार्षिक रुपमा एउटा स्मारिका प्रकाशन गर्ने लक्ष्य राखेकोछ । मञ्चको सिद्धान्त र लक्ष्यसँग सहमत हुनेलाइ मञ्चमा आबद्ध हुन अाग्रह समेत गरिएकाे छ ।
यसै क्रममा आदिकबि भानुभक्त आचार्यको जन्म जयन्ती आगामी १४ जुलाई, २९ आषाढ़ २०७६ आइतबारका दिन estaurant Kamran, 77-79 Rue du Landy, 93300 Aubervilliers मा १५ बजेदेखि १७:३० सम्म आदिकबिको परिचय र योदानमा प्रकाश, बाल साहित्य रचना पाठ, बयश्कहरुको रचना पाठ लगायतकाे कार्यक्रम अायाेजना गर्दैछ । यी कार्यक्रम भाग लिनुहुनेले आफूले वाचन गर्ने रचनाको एक प्रति कार्यक्रम हुनु अगाबै मञ्चको e-mail मा पठाउनु पर्नेछ । आफ्ना बाल बालिकालाई रचना लेख्न र कार्यक्रममा वाचन गर्न हौसला प्रदान गरि सहयोग गर्नु हुन अभिभाबकलाई अनुरोध समेत मञ्चले गरेकाे छ । बालबलिकले कुनै पनि भाषा र साहित्यिक विधामा रचना पाठ गर्न सक्नेछन। कार्यक्रममा सहभागी हुने र रचना बाचन गर्ने कुरा पूर्ब जानकारी दिनुपर्ने संयोजक हरिहर अर्याल जनाए । हभागी हुने र रचना बाचन गर्नेले अनुराधा पौडेल (06.69.92.69.08),बीरू खड़का (07.68.94.92.26), सुधीर राना (06.52.15.48.20), राजु बस्नेत (06.51.24.47.25), सुजन बानियाँ (07.53.3693.08), सुजनराज भट्ट (0751337796), अनिस त्रिपाठी (0658420204) मा सम्पर्क गर्न सक्नेछन् ।