नेपाली कांग्रेसले आयोजना गर्ने जनसम्पर्क समितिहरुको विश्वस्तरीय प्रशिक्षण तथा भेलाको समय तालीका सार्वजनीक


कोपनहेगन ।

डेनमार्कको कोपनहेगनमा आयोजना हुने नेपाली कांग्रेस विश्वस्तरीय प्रशिक्षण तथा भेलाको समय तालीका सार्वजनीक भएको छ । नेपाली कांग्रेस केन्द्रिय नीति , अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानको आयोजनामा तथा जनसम्पर्क समिति डेनमार्कको संयोजनमा यहि जुन २१, २२ र २३ गतेका दिन डेनमार्कको कोपनहेगनमा आयोजनामा हुने कार्यक्रमको समय तालीका सार्वजनीक भएको हो ।

जनसम्पर्क समिति डेनमार्कका सभापती विरेन्द्र सिंह कार्कीले बताए अनुसार ‘जनसम्पर्क समितिहरुको प्रशिक्षण तथा विश्व भेला कार्यक्रमको अन्तीम चरणमा भएकोले कार्यक्रमको समग्र समय तालिका सार्वजनीक गरिएको बताए । उनले बताए अनुसार- ‘यस कार्यक्रमको लागि उपसभापती बिमलेन्द्र निधी सहित महामन्त्री सशांक कोइराला, प्रवक्ता विश्व प्रकाश शर्मा, नेताहरु मिनेन्द्र रिजाल, धनराज गुरुङ्ग, भिष्म राज आङ्गदम्बे, सहित अन्य नेताहरु यहि बिहिबार बिहान बजे कोपनहेगन आइपुग्ने कार्यक्रम समेत कार्यक्रम रहेको छ ।’

जनसम्पर्क समित डेनमार्कका महामंत्री यादब बस्नेतले जनाए अनुसार उक्त कार्यक्रमको समय तालीका निम्नानुसार तय गरिएको छ ।
२१ जुन शुक्रबार
कार्यक्रम उद्घाटन : दिउँसो १५ बजे देखि शुरु
सहभागी तथा प्रतिनिधीहरुको दर्ता : १३ बजे देखि १५ बजे सम्म

२२ जुन: बिहान १० बजे देखि २२ बजे सम्म
सहभागी तथा प्रतिनिधीहरुको दर्ता :बिहान ८ बजे देखि १० बजे सम्म

२३ जुन: बिहान १० बजे देखि साँझ १९ बजे सम्म

कार्यक्रमका मेडिया संयोजक तथा प्रचार प्रसार समिति संयोजक प्रकाश ढकालले बताए अनुसार सहभागी प्रतिनिधीहरुको लागि सहयोग स्वरुप दर्ता शुल्क १०० युरो लाग्ने छ । कार्यक्रममा सहभागी एवं प्रतिनिधीहरुको लागि कार्यक्रम आवधीभर बिहान बेलुकाको खाना एवं पानी, चिया तथा कफीको व्यवस्था गरिएको छ ।