विदेशमा सिकेको ज्ञान र विज्ञतालाई नेपालसँग कसरी जोड्ने ?(भिडीओ अन्तरवार्ता)



नेपाली डायस्पोराका विभिन्न विषयका सीप र दक्षता हासिल गरेका विशेषज्ञहरुको खासै कमी छैन। उनीहरु विभिन्न  विकसित मुलकमा रहेर आफ्नो दक्षतालाई निखारिरहेका छन्। सम्बृद्व नेपाल बनाउन बाहिर रहेका नेपाली विशेषज्ञहरुलाई समेटेर उनीहरुले सिकेको ज्ञान र विज्ञतालाई नेपालसँग जोड्न बेलाबखत चर्चा परिचर्चा हुँदै आएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विज्ञहरुलाई समेटेर गत अक्टोबरमा पहिलो विज्ञ सम्मलेन पनि सम्पन्न गरेको थियो। त्यसो त विभिन्न सम्बृद्व मुलुकहरुमा रहेका विज्ञहरुले बेलाबखत छलफल,अन्तरक्रिया,कार्यशाला गोष्ठीहरुपनि गर्दै आएका छन्। तर सम्बृद्व नेपाल बनाउनका लागि नेपाल सरकारले आफूहरुलाई समेट्न नसकेको उनिहरुको गुनासो छ।

यसैबीच संसारको दोस्रो ठूलो औषधि उत्पादक कम्पनी नोभार्टिसमा कार्यरत डा.राजु अधिकारीसँग हामीले भिडिओ कुराकानी गरेका छौ। एक दशक भन्दा लामो समय स्विस औषधि उत्पादक कम्पनीमा काम गर्दाको अनुभव डा. अधिकारीले सुनाए।

त्यसो त कडा रोगका औषधिहरु उत्पादन गर्ने स्विस कम्पनी नोभार्टिससँग नेपालले सम्झौता गर्ने चर्चा पनि बेलाबखत चल्दै आएको छ। पूर्व स्वास्थ्य मन्त्रि तथा नेपाली कांग्रेसका युवा नेता गगन थापाले स्वास्थ्यमन्त्रालय सम्हाल्दा नोभार्टिसका प्रतिनिधिहरुसँग स्विट्जरल्याण्डमै छलफल गरेका थिए।

त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले तिन महिना अघि स्वीटजरल्याण्डको डावोस भ्रमण गरे। त्यतिबेला पनि नोभार्टिसका प्रतिनिधिहरुसँग उनले छलफल र कुराकानी गरेका थिए। अन्तर्राष्ट्रिय उत्पादक कम्पनीबाट सिधै खरिद गर्न सकेमा कडा रोगका औषधिको मूल्य कयौ गुना सस्तो पर्ने बताईन्छ। यसबारे पनि डा. अधिकारीसँग जिज्ञासा राखेका छौ।

प्रस्तुत छ:-  डा.अधिकारीसँग स्विट्जरल्याण्डको इन्टरल्याकेनमा पत्रकार बसन्त रानाभाटले गरेको भिडीओ कुराकानी :-