नेपाली मेलालाई सफल पार्न एनआरएनए युकेको अनुरोध


लण्डन –

अगष्ट २४ तारिख आइतवार तमुधि युकेको आयोजनामा हुने नेपाली मेलालाई भब्य रुपमा सफल गर्न गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योगेन बहादुर क्षेत्रीले बेलायतबासी नेपाली समुदायलाई आब्हान गरेका छन ।

शुक्रबार एक बक्तब्य जारी गर्दै क्षेत्रीले यो आब्हान गरेका हुन बक्तब्यमा भनिएको छ ‘आगामी अगष्ट २४ तारिखका दिन तमुधि युकेको आयोजनामा भव्य रुपमा हरेक बर्षजस्तै नेपाली मेलाको आयोजना हुन लागेको कुरा त यहांहरुमा सर्वविदितै छ । नेपाली भाषा, कला, संस्कृतिलाई जोगाइराख्न र बेलायतमा नेपाली संस्कृतिलाई चिनाउन तमुधि युकेले हरेक बर्ष आयोजना गर्ने यस मेलालाई कुनैंपनि हिसाबले सघाउन गैर आवासीय नेपाली संघ बेलायत प्रतिबद्ध छ । यसै सन्दर्भमा गैर आवासीय नेपाली संघ बेलायत यस मेलामा बिशेष रुपले उपस्थित हुने पनि जानकारी गराउन चाहन्छौं । यस गरिमामय मेलालाई हर क्षेत्रबाट सघाइदिनुहुन बेलायतस्थित सम्पुर्ण संघ संस्था, बुद्धिजीवी, व्यवसायीहरुमा हार्दिक अनुरोध गर्दछौं।’