नर्वेका प्रेमजोडीको चलचित्र “बोबी” बार्सिलोनामा प्रदर्शन हुँदै 



बार्सिलोना।  रियल लाइफको प्रेम कथामा आधारित चलचित्र ‘बोबी’ बार्सिलोनामा प्रदर्शन हुने भएको छ। तमु समाज बार्सिलोनाको आयोजनामा चलचित्र आईतबार जिरोना सिनेमा हलमा प्रदर्शन हुन लागेको हो। । असारको अन्तिम साता रिलिज भएको यो चलचित्रले नेपालमा राम्रो व्यापार गरेको थियो भने विदेशमा प्रदर्शन हुने क्रम जारी रहेको छ।

समाजका अध्यक्ष गौतम गुरुङले चलचित्र प्रदर्शनबाट बचत रकम सामाजिक काममा लागि नेपाल पठाईने जानकारी दिए। उनले भने,’ पत्रकार रबी लामिछानेले  कालिकोटमा रास्कोट अस्पताल बनाउने अभियानका लागि रकम पठाउने निर्णय गरेका छौ। स्पेनबासि नेपाली समुदायलाई चलचित्र हेर्दै यो अभियानमा हातेमालो गर्न अनुरोध गर्दछु।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रमा नर्बेमा बस्दै आएका इन्जिनियर उमेश थापा र होटल म्यानेजरको रुपमा कार्यरत उनकी धर्मपत्नी कविता गुरुङको मुख्य भूमिका छ । चलचित्रमा उमेश र कविताकै रियल लाइफको प्रेम कथालाई उतारिएको छ। नर्वे र नेपालमा छायांकन गरिएको यो चलचित्रलाई युरोपका नेपालीहरुले अझ चासोपुर्बक हेरेको पाईन्छ।

फिल्ममा विजय लामा, रुवी राना शाह (मिस नेपाल), रवी गिरी, सुरवीर पण्डित, पुर्णिमा लामा, बादल भट्ट, रश्मि भट्ट, देशभक्त खनाल लगायतका कलाकारहरुको पनि अभिनय छ ।

चलचित्र प्रदर्शन बारे पूर्ण बिबरण:-

  • मिति:-  फ्रेबुअरी १० तारिख आईतबार
  • सिनेमा हल:- जिरोना सिनेमा हल
  • समय :- साँझ ४:४५ बजे
  • टिकट शुल्क:- १० युरो
  • आयोजक:- तमु समाज बार्सिलोना